काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ।
विमानस्थलको ३ किलोमिटर रनवे निर्माण सम्पन्न भएको नेपाल नागरिक उंड्यन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवका आयोजना अन्तर्गतका आयोजना निर्देशक प्रदीप अधिकारीले जानकारी दिएका हुन्। उनले फेसबुकमा निकै कठिनाई भए पनि काम सम्पन्न भएको भन्दै धन्यवाद ज्ञापन समेत गरेका छन्।

निर्माण सम्पन्न भएसँग अब सो रनवेमा आपत्कालीन र परीक्षण उडान गर्न सकिने भएको छ।

रनवे निर्माणको जिम्मा चिनियाँ कम्पनी 'नर्थ वेस्ट सिभिल एभिएसन'ले पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।