दमक– एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको झापा क्षेत्र नम्बर ५ को मतगणना साढे ६ बजेदेखि मात्र सुरु हुने भएको छ। ओलीका सहयोगी पिताम्बर तिम्सिनाले नेपाल लाइभलाई भने, 'मुचुल्का उठाउने काम भर्खरै समाप्त भएको छ। अब केही समयपछि मतगणना सुरु हुन्छ।'
‘सबै काम सकिएको छ। आधा घन्टापछि मतगणना सुरु हुनेछ,’ तिम्सिनाले जानकारी दिए। नेकपा एमालेका अध्यक्ष ओली विरुद्ध नेपाली कांग्रेसका खगेन्द्र अधिकारी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।