जनकपुरधाम- प्रतिनिधिसभा सदस्य निर्वाचनको धनुषा ३ मा मतगणना जारी छ। पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधि राजपा नेता राजेन्द्र महतोभन्दा ३ सय ४८ मतले पछाडि छन्।
निधिले २३ सय ६२ मत प्राप्त गरेका छन् भने महतोले २७ सय १० मत ल्याएका छन्। यस्तै, माओवादी केन्द्रका रामसिंह यादवको ४ सय १० मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।