• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विधान संशोधनको राजपा चक्र

64x64
किशोर दहाल आइतबार, जेठ ५, २०७६  १५:५३
1140x725

काठमाडौं– तोकिएको मितिमा महाधिवेशन गर्नका लागि आफ्नै विधान अवरोधक हुने भएपछि राजपाले विधान संशोधनको उपाय अवलम्बन गरेको छ।

पार्टीको जेठ २ गतेदेखि बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले महाधिवेशन गर्न सक्ने समयावधि बढाएको हो।

'धारा ३१(१०) मा यसअघि पार्टीको महाधिवेशन २ वर्षभित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर ३ वर्षभित्र गरिने भनिएको छ', आइतबार अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ।

महाधिवेशन लक्षित भएर राजपाको विधान संशोधन गरिएको यो दोस्रोपटक हो।

उसको विधान संशोधनको चक्र बुझ्न अलि अगाडि फर्किनुपर्छ।

६ वटा मधेस केन्द्रित दलहरु मिलेर ०७४ बैशाख ७ मा राजपा गठन भएको थियो। यसरी मिल्नेमा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी थिए।

एकतापछि पार्टीले निर्वाचन आयोगमा बुझाइएको विधानको धारा २२ (१) मा एक वर्षभित्र महाधिवेशन गर्ने किटान गरिएको थियो।

यसअनुसार उनले ०७५ असार ३० सम्म महाधिवेशन गरिसक्नुपर्ने थियो। तर, सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

विधान अनुसार एक वर्षभित्र महाधिवेशन नभएपछि ०७५ जेठ २४ गते निर्वाचन आयोगले राजपालाई पत्र पठायो। पत्रमा उसले असार ३० सम्म महाधिवेशन गरिसक्न भन्यो।

'त्यस राजनीतिक दलको विधानको धारा २२ को उपधारा (१०) मा 'राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय महाधिवेशन १ वर्षभित्र सम्पन्न गरिनेछ' भनी उल्लेख भएकोमा आयोगको मिति २०७४-३-३० को निर्णयले उक्त पार्टी एकीकरण भएको हुँदा एकीकरण भएको मितिले विधानमा उल्लेख भएबमोजिम १ वर्षभित्र महाधिवेशन सम्पन्न गरी आयोगलाई जानकारी गराई दिनुहुन निर्देशानुसार अनुरोध छ', आयोगको पत्रमा भनिएको थियो।

आयोगको पत्रपछि राजपा दबाबमा पर्‍यो। निर्वाचन आयोगले निर्देशन गरेको समयमा महाधिवेशन सम्पन्न गर्न सम्भव नभएपछि राजपाले विधान नै संशोधन गर्ने उपाय अपनाएको थियो। भदौ २५ र २६ गते बसेको अध्यक्ष मण्डलको बैठकले परिमार्जित विधान पारित गर्‍यो।

०७५ असोज १५ गते राजपाले निर्वाचन आयोगमा 'राष्ट्रिय जनता पार्टी नेपालको विधानः २०७४ (संशोधन र परिमार्जितः २०७५)' बुझायो। नयाँ विधानको धारा ३१ (१०) मा भनियो– 'राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय महाधिवेशन २ वर्षभित्र सम्पन्न गरिनेछ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअनुसार पनि उसले ०७६ असार मसान्तभित्र महाधिवेशन गरिसक्नुपर्थ्यो। तर उसले कात्तिकका लागि महाधिवेशनको मिति तोकिसकेको छ।

यसअघि पनि महाधिवेशनको मिति नतोकिएका होइनन्।

०७५ असार पहिलो हप्तामा ३ दिनसम्म बसेको पार्टी पदाधिकारीको बैठकले ०७६ बैशाख ७ देखि ९ सम्मका लागि महाधिवेशनको मिति तय गरेको थियो। तर सो मितिमा महाधिवेशन हुन सकेन।

सो समयमा महाधिवेशन हुन नसकेपछि ०७६ बैसाख ८ देखि १३ गतेसम्म बसेको पार्टीक‍ो पदाधिकारी बैठकले २८ कार्तिकदेखि ३० कार्तिकसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

आफैंले गत असोजमा बुझाएको विधान अनुसार असारमै महाधिवेशन भइसक्नुपर्थ्यो। तर, त्यस्तो हुन असम्भव भएपछि उनले विगतकै सुरक्षित रणनीति अपनाएको हो। निर्णय अनुसार नयाँ विधान पारित भई निर्वाचन आयोगमा बुझाएपछि पार्टीलाई ०७७ असार मसान्तसम्मको समय प्राप्त हुनेछ।

तर, अहिले नयाँ मिति तोकिएको मात्रै होइन, महाधिवेशन सम्पत्र गर्न केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने गरी अध्यक्षमण्डल सदस्य महन्थ ठाकुरको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ।

महाधिवेशनको विषयमा मात्रै होइन, पछिल्लो पटक अध्यक्ष मण्डलको विषयलाई लिएर पनि विधान संशोधन हुने छ। यो विषय राजपाका बैठकमा प्रायः उठिरहने विषय हो।

पार्टीले निर्वाचन आयोगमा बुझाएको पहिलो विधानको धारा ६(१) मा भनेको छ– 'एकिकृत ६ वटै पार्टीका अध्यक्ष सम्मिलित ६ सदस्यीय केन्द्रीय अध्यक्ष मण्डल हुनेछ।' त्यस्तै, विधानको २२ (१२) मा भनिएको छ– 'अध्यक्ष मण्डलको व्यवस्था आउदो महाधिवेशन पछि समेत रहनेछ।'

अघिल्लो वर्ष असोज १५ गते बुझाइएको विधानको धारा १६ (१) र ३१ (१२) मा पहिल्यैकै दुई व्यवस्थालाई निरन्तरता दिइयो। तर, कार्यकर्तालाई भने अध्यक्ष मण्डल निरन्तर रहने व्यहोरा उल्लेख नै नभएको विधान बाँडिएको भन्दै त्यतिबेला नेतृत्वको व्यापक आलोचना भएको थियो।

आइतबारको विज्ञप्ति अनुसार, महाधिवेशनपछि अध्यक्ष मण्डल हट्ने भएको छ। 'धारा ३१(१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था गरेकोमा अब उपरान्त महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने व्यवस्था गरिएको छ,' बैठकपछि आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

राजपा गठन हुँदा ६ पार्टीका ६ वटै अध्यक्षले चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हाल्ने सहमति भएको थियो। त्यसअनुसार सुरुमा संयोजक बनेका महन्थ ठाकुर ०७४ बैशाखदेखि ०७५ मंसिर ४ सम्म संयोजक बनेका थिए। ४ गते बसेको राजपा अध्यक्ष मण्डलको बहुमतको निर्णयले भोलिपल्टदेखि राजेन्द्र महतोलाई नयाँ संयोजक तोकिएको थियो।

त्यसपछि भने दुईदुई महिनामा संयोजक परिवर्तन हुँदै आएका छन्। महतोपछि महेन्द्र राय यादव र शरतसिंह भण्डारीले यो जिम्मेवारी पूरा गरिसकेका छन्। सोमबारदेखि भने अनिलकुमार झा नयाँ संयोजक बन्दैछन्।

यो पनि पढ्नुहोस्–

राजपामा अध्यक्ष मण्डल नरहने, महाधिवेशनको समयावधि फेरि बढाइयो

राजपाको महाधिवेशन कात्तिकमा

राजपा : महाधिवेशनका लागि महन्थ ठाकुरको संयोजकत्वमा मूल आयोजक समिति गठन

राजपाले बैशाखमा महाधिबेशन गर्ने

असार ३० सम्म महाधिवेशन गर्न राजपालाई निर्वाचन आयोगको निर्देशन
 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्