काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले आगामी बैशाखमा महाधिबेशन गर्ने भएको छ। बुधबार सम्पन्न पार्टीको राजनीतिक समितिको बैठकले २०७६ सालको बैशाख ७, ८ र ९ गते महाधिबेशन गर्ने निर्णय गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिए।
निर्वाचन आयोगले महाधिबेशन गर्न राजपालाई ताकेता गर्दै आएको छ। बैठकले एक वर्षभित्र महाधिबेशन गर्नुपर्ने पार्टीको धारा २२ को उपधारा १० लाई संशोधन गरिएको निर्णय निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ।
त्यस्तै, बैठकले ३ सदस्यीय बिधान संशोधन समिति गठनको निर्णय गरेको छ। असार २१ गते पार्टीको अर्काे राजनीतिक समितिको बैठक बस्ने तय गरिएको छ।
सोमबारदेखि सुरु भएको बैठकमा सरकारमा जाने सम्बन्धि समेत छलफल भएको थियो। बैठकले कसैले सरकारमा जाने विचार राखेको त केहीले जान नहुने विचार राखेको एक नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।