काठमाडौं– राष्ट्रिय जनता पार्टीले तोकिएको मिति ०७६ बैशाख ७-९ मा महाधिवेशन नहुने निष्कर्ष निकालेको छ।
पार्टीको मंगलबारदेखि बिहीबारसम्म बसेको बैठकले महाधिवेशनको अर्को मिति तय गर्न ०७६ बैशाख ८ गतेका लागि पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ।
त्यस्तै, महाधिवेशनका लागि महन्थ ठाकुरको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।