काठमाडौं- काठमाडौंमा ‘नेपाल–भारत लगानी एक्स्पो’ आयोजना हुने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र भारतीय फ्रेन्चाइज कम्पनीको संयुक्त आयोजनामा भोलि जेष्ठ १ गते बुधबारबाट सो एक्स्पो सूरु हुने भएको हो।
नेपालमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ प्रर्दशनी आयोजना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।
महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो दिन बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो एक्स्पोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पनि जनाएको छ।
एक्स्पोमा दुवै देशका करिब ६० वटा ब्रान्डेड कम्पनीले भाग लिनेछन्। एक्स्पोमा नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलमा २ दिनसम्म सो एक्स्पो आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।