काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज (बिहीबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ।
अर्का मौसमविद् बिनु महर्जनका अनुसार हिजो बुधबारचािहँ यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.२ सेल्सियस थियो। यस हिसाबले आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको हो।
यद्यपि बुधबार बिहान ८:४५ बजेको अन्तिम मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि वास्तविक न्यूनतम तापक्रम सोही समयमा पुन: मापन गरिनेछ।
त्यसबेला हिजोजस्तै सुरुवाती मापनमा भन्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही कम हुने सम्भावना हुन्छ। तर कहिलेकाहीँ पहिलेकै यथावत् रहन पनि सक्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताएका छन्।
देशभरको मौसम अपडेट भने मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।