काठमाडौं– लामो समयदेखि १ हजार १ सयदेखि १ हजार २ सय अंकको बिन्दुमा रुमलिरहेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक एक हजार ३ सय अंकको बिन्दुमाथि उक्लिएको छ।
सोमबारको कारोबारमा नेप्से ६ दशलमब ३० अंकले बढेर १ हजार ३ सय १ दशमलब ३४ अंकमा पुगेको हो। परिसूचक बढेपनि कारोबार भने औसत देखिएको छ।
सोमबार १ सय ६९ कम्पनीका २३ लाख ९२ हजार ४ सय कित्ता सेयर ८ हजार १ सय २१ पटक खरीद बिक्री हुँदा ७८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।
उत्पादन समूह, वित्त समूह, निर्जीवन बिमा समूह, लघुवित्त समूह र जीवन बिमा समूहको उपसुचकहरू घटेका छन् भने बाँकी सबै समूहको उपसूचक हरियो देखिएको छ।
सोमबारको कारोबारमा सबैभन्दा धेरै कमाउनेमा शिवम् सिमेन्टका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलब ९६ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलब शून्य ७ प्रतिशतले गुमाएका छन्।
कारोबारका हिसाबले पनि शिवम् सिमेन्ट अगाडि देखिएको छ। दिनभरमा उक्त कम्पनीको ११ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।