काठमाडाैं- संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट निर्माणको काम धमाधम भइरहेको छ। नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको छ भने पूर्व बजेट छलफल चलिरहेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले 'बजेट विनियोजन विधयेक, २०७६' संसदमा शुक्रबार प्रस्तुत गरिसकेका छन्।
संसदमा प्रस्तुत भएको विनियोजन विधेयकमाथि पूर्वअर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले राखेको सुझाव:
म सत्ता पक्षको सांसदको हैसियतमा भन्दा पनि एक नेपाली नागरिककाे हैसियतमा अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गर्नुभएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको समर्थन गर्दछु। यो विधेयकमा समावेश भएको विषयले सम्रगतामा सही विचार र दृष्णिकोण आत्मसात गरको छ।
संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली, राज्यका निर्देशित सिद्धान्त र नागरिकको मौलिक हकको विषयमा केन्द्रित रहेर बजेट निर्माण गर्ने प्रतिबद्धता गरेको छ।
यो विनियोजन विधेयकले बाम घोषणापत्रलाई पनि आत्मसाथ गर्ने प्रतिबद्धता गरेको छ। साथै १५औं योजनालाई पनि अनुसण गर्ने प्रतिबद्धता गरको छ। यो विधेयकले आर्थिक विकास, सामाजिक न्याय र सुशासन हासिल गर्ने लक्ष्य लिएको छ।
सामाजिक न्यायसहितको तीब्र आर्थिक विकास, क्षमताअनुसारको कामको अवसर र मर्यादित रोजगारीकाे परिकल्पना गरको छ। साथै, फराकिलो दायराको सामाजिक सुरक्षा, गुणस्तरीय पूर्वाधारको परिकल्पनाको विषयमा विधेयकमा स्पष्ट उल्लेख भएको मैले देखेको छु।
विकासलाई सामाजिक न्यायसँग जोड्नुपर्छ भन्ने भावना यसमा समावेश भएको छ। बच्चा जन्मेदेखि मृत्युसम्मको सुरक्षा सरकारले लिने लक्ष्य लिएको छ। साथै विधेयकले उत्पादन शक्तिको उच्चतम प्रयोगकाे लक्ष्य लिएको छ।
यसैगरी विधेयकमा विदेशी लगानी सुसंगत दृष्टिकोण राखेको छ। राष्ट्रिय आवश्यकता र प्राथकिमताको आधारमा हुनुपर्दछ भने मान्यता आत्मसात गरेको छ। विदेशी पुँजी विकासमा सहयोगको आधारका रुपमा लिने कुरा पनि विधेयकमा उल्लेख छ।
चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु चानचुने कुरा हाेइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।