• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आजीवन कारावास भाेगिरहेका रेशम चौधरीसहित ११ जनाको रिहाइका लागि आन्दोलन घोषणा

१ सय १ सदस्यीय संघर्ष समिति गठन
64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २७, २०७६  १६:२४
1140x725

राजविराज– थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनामा दोशी करार भई जन्मकैदको फैसला सुनाइएका रेशम चौधरीलगायत ११ जनाको जेल मुक्तिका लागि आन्दोलन घोषणा गरिएको छ।

'माननीय रेशम चौधरी बचाऔं अभियान संघर्ष समिति'ले शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। बुधबारदेखि सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बलुवामा आयाेजित ‘थारु राष्ट्रिय भेला–२०७६’काे समापनमा आज एक पत्रकार सम्मेलन गर्दै आन्दाेलनका लागि संघर्ष समितिसमेत गठन गरिएकाे जानकारी दिइयाे।

राज थारुको संयोजकत्वमा १ सय १ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। भेलाले रेशम चौधरी बचाऔं अभियान, मेची–महाकाली जागरण अभियान, झापादेखि कञ्चनपुरसम्म संगठन निर्माण र सचेतना कार्यक्रम, प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री तथा सभामुखलाई ज्ञापनपत्र बुझाउने, मानवअधिकार आयोग, कुटनितिक नियोग, राजनितिक दल तथा माग/मुद्दा मिल्ने अन्य सरोकारवालाहरुसँग टिकापुर घटनाका विषयमा ध्यानाकर्षण तथा प्रदेश स्तरीय तथा काठमाडाैं केन्द्रित जनसभा र अन्य दबाबमूलक आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको संयोजक थारुले बताए।

विगतमा भएका अधिकांश क्रान्ति, विद्रोह र आन्दोलनलाई राजनितिक रुपमा हल गरिए पनि थरुहट आन्दोलनलाई विशुद्ध आतंककारी घटनाका रुपमा हेरी आन्दोलनकारीलाई आजिवन कारावासको सजाय सुनाइएकाले आन्दोलनमा जानुकाे विकल्प नभएको उनले जिकिर गरे।

‘यो राज्यका थारुहरु माथिको अन्यायपूर्ण व्यवहार हो। टिकापुर घटना व्यक्तिगत नभई राजनितिक हो’, उनले भने, ‘यो मुद्दाको समाधान राजनितिक सहमतिको आधारमा खोजिनु पर्दछ। यसका लागि सर्वप्रथम पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयाेजक रहेकाे छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न थारु राष्ट्रिय भेलाले जोडदार माग गरेको छ।’

यसैगरी, थारुहट आन्दोलन तथा टिकापुर घटनाका आन्दोलनकारीहरु माथि लगाइएका सम्पूर्ण झुठा मुद्दाहरु फिर्ता, २०७२ माघ ८ गते थारुहरुको घर, पसल जलाउने तथा थारुमाथि ज्यादति गर्नेहरुलाई पक्राउ गरी कानुनी कारबाही, थारुहट आन्दोलनका पीडित तथा सहिद परिवारलाई न्यायोचित क्षतिपुर्ति र आन्दोलनका क्रममा सरकार र आन्दोलनकारीबीच भएको सहमति कार्यान्वयनका लागि भेलाले माग गरेको छ।

यस्तो छ अदालतको फैसला
थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दामा कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियाे।

कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृज मोहन डषैरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, 'विद्रोह' भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरी लगायतलाई आजीवन कारावासको फैसला सुनाएकाे थियाे।

Ncell 2
Ncell 2
nimb
nimb

मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३(३) नम्बरको व्यवस्थाअनुसार उनीहरुलाई जन्मकैद सजाय सुनाइएको हो। तर, श्रवण चौधरी नाबालक भएकाले उनको हकमा भने आधा अर्थात् १० वर्ष सजाय तोकिएको छ। उनलाई अहिले सुधार गृहमा राखिएको छ। घटनाका ३१ जना फरार अभियुक्तको मुद्दा मुल्तवीमा राखिएको छ।

त्याे हृदयविदारक घटना
२०७२ भदौ ७ गते भएको टिकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी अधिकारी र एक बालककाे हत्या भएकाे थियाे।

मारिनेमा प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी हवल्दारद्वय श्यामबहादुर खड्का र जनक नेगी, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सशस्त्रकै हवल्दार राम विहारी थारूलाई थरूहट र थारूवान पक्षधर आन्दोलनकारीहरूले नियन्त्रणमा लिई भाला, खुकुरी र धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

घटनामा ६ वर्षीय बालक टेकेन्द्र साउदको पनि हत्या भएको थियो। प्रहरीले घटनामा संलग्न भन्दै २७ जनालाई पक्रेको थियो। टीकापुरमा भएको प्रहरीको हत्याको विषयमा चौधरी लामो समय भूमिगत रहँदै आएका थिए। उनी भूमिगत अवस्थमा नै प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले २०७५ फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। जेलबाटै संसद भवन पुगेर सपथ ग्रहण गरेपनि जन्मकैद फैसलासँगै उनको सांसद पद निलम्बित भएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्