• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रत्यारोपण केन्द्रकै डाक्टरले निर्देशक पुकारलाई दिए हृदयहीनको संज्ञा

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २६, २०७६  १७:१७
1140x725

म विरलै लेख्छु। गलत भनेको जहिल्यै गलत नै हुन्छ। र, मानव अंग प्रत्यारोपण केन्द्रमा गलत भइरहेछ। गलत भएको पनि धेरै समय भइसकेको छ।

३० जना नर्सहरु हाडनंग्रा खियाएर बेथितिविरुद्ध लडिरहेका छन्। न्यायका लागि कठोर संघर्षमा होमिएका छन्। उनीहरुको संघर्ष देख्दा एकदम पीडा हुन्छ। उनीहरुमाथि जे भइरहेको छ, त्यो एकदम अनुचित छ। 

अहंकारी र हृदयहीन निर्देशकले आफ्नो अस्पताल खरानी बनाउँदा पनि खुसी हुन्छन्, जबसम्म मानिसहरु उनीसामु झुक्न तयार हुन्छन्। 

अस्पताल सफा गर्ने मान्छेदेखि कन्सल्टेन्ट लेभलका मान्छेहरुमा कानुन लगाइएको छ। आफ्नै स्टाफहरुलाई जेल पुर्‍याउन तयार हुन सक्छन्। जबकि १० जना नर्सले मात्र उनलाई माग पूरा गर्न भन्दै घेरेका थिए। 

हृदयाघात भएर मान्छेहरु मरिरहेका छन्। तर १० करोडको उपकरण यत्तिकै थन्क्याएर खेर फालिइरहेको छ। जबकि यो विषयमा मिटिङ राख्न खोज्दा ६ महिनामा एकचोटि पनि बैठक बस्दैन। 

एक्कासि लोकसेवाको सूची निकाल्ने काम भयो (जुन पहिले नै योग्यतासिहतका सबै तारताम्य मिलाएर बनाइएको थियो। त्यो गन्जागोल छ।)

पछिल्ला कदमले पूरै अस्पताल ध्वस्त हुनेछ। मिर्गौलाका बिरामीहरुलार्इ उनको निजी अस्पताल निदानमा जानु बाहेक अरु कुनै विकल्प हुनेछैन।

अस्पतालमा कलेजो प्रत्यारोपण कार्यक्रम अब न जीवित छ, न त मृत। उनले वीर अस्पतालको प्रत्यारोपण कार्यक्रम पनि छोडे। ७ वर्षमा मिर्गौला प्रत्यारोपणको लागि एक जनालाई पनि तालिम दिएनन्। आफूलाई कलेजो प्रत्यारोपणको सर्जन भनेर झुटो दाबी गर्ने गर्छन्। जबकि उनीसँग पर्यवेक्षणको अनुभव मात्र रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अस्पतालमा काम गर्ने कर्मचारीलाई ५ वर्षदेखि दसैं भत्तासमेत दिइएको छैन। 

करोडौंको उपकरण किन्ने पैसा हुने तर मिर्गौला प्रत्यारोपणका लागि अनिवार्य चाहिने एचलए टेस्टिङ गर्ने पैसा नहुने? जबकि यो मेसिन उनको प्राइभेट अस्पतालमा रहेको छ। 

जब उनी अहिलेको समीकरणबाट बाहिर आउनेछन्, मलाई आशा छ ढिलो या चाँडो सबैले यो कुरा बुझ्नेछन्। हाम्रो कानुनी प्रक्रिया नै गडबड छ। तर, देशमा यस्ता मान्छे पनि छन् जो आफ्नो बलिदान दिन तयार हुन्छन् र अन्यायविरुद्ध उभिन हिचकिचाउँनन्।

०००

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जब निर्देशक पुकार एकदमै दयनीय अवस्थामा बेलायतमा थिए। त्यतिबेला उनको जागिर पनि थिएन। म नियमित उनको कोठमा जान्थेँ। उनी एमआरसिएमा पास हुन सकून् भनेर आफै डमीको रुपमा प्रस्तुत भएँ।

मैले उनको आइएलटिएस अभ्यास पेपर पनि चेक गरेँ। उनको छोरीलाई पैसा आवश्यक परेको बेला बैंकमा पनि कुदेँ।

काठमाडौंमा मैले उनकी बिरामी श्रीमतीको स्याहारसुसार पनि गरेँ। उनले मलाई बुटवलबाट सहयोगका लागि बोलाएका थिए। आफैं सहिद धर्मभक्त ट्रान्सप्लान्ट सेन्टर निर्माणको तयारीमा रहेछन्। हामीलाई त्यो सेन्टर निर्माण गर्न धेरै मेहनतको आवश्यकता पर्‍यो। सबै सामान तथा उपकरणहरुका लागि सयौं बिक्रेतालाई फोन पनि गरियो। 

शल्यकक्ष र आइसियूका लागि सयौं उपकरण एकएक गरी चेक गरियो। कहिलेकाहीँ मध्यरातसम्म पनि। क्लास र जाँच दिएर आइसियू स्टाफलाई सावधानीपूर्वक तालिम दिइएको थियो। र, सबैकुरा तयार भएपछि, एकचोटि कार्डियाक टिमलाई सामान्य जानकारी र शिष्टाचार पालना नगरीकन उनले डा कोइराला पहिलो अप्रेसनको लागि आउँदैछन् भनेर घोषणा गरे। मैले यो सही भएन भनेर विरोध गरेँ।

हामीले पहिले गरेका राम्रा कामहरु सम्पूर्ण तरिकाले बिर्सिइएको थियो। हामी संस्थाको विकासमा लागिरहेका थियौं। तर, उनले मलाई नै चुनौतीका रुपमा लिन थाले। त्यही पनि हाम्रो टिमले विभिन्न बाधा अड्चन पार गर्दै १७ वटा सफल ओपन हार्ट सर्जरी गर्‍यो। जब उनको नेतृत्वबाट क्याथ ल्याब सुरु भयो, हामी निकै खुसी भयौं। तर चाँडै उनमा कार्डियाक प्रोगाम अगाडि लाने इच्छा देखिन छाड्यो। १० करोड उपकरणको सामान आउँदा न त उनी फोनमा प्रतिक्रिया जनाउँथे, न त बैठक/छलफल नै गर्न चाहन्थे; त्यो पनि ६ महिनासम्म। 

मेरा आँखा रसाउँथे, जब भक्तपुरको हाइवेमा हृदयाघात भएर बिरामीहरुको मृत्यु भएको सामाचार सुन्थेँ। हाम्रो क्याथ ल्याब केही गरिरहेको हुन्थेन। ६ महिनासम्म छलफल र अपिलको सुनुवाइ नभएपछि मैले मन्त्रालय, मिडिया र स्थानीय नेतालाई तीव्र दबाब दिन पहल गरेँ। 

तुरुन्तै निर्देशकले कार्डियाक प्रोगाम अगाडि बढाउन इच्छा देखाए। के ६ महिनासम्म बिरामीहरु मृत्युको लागि छोडिएको थियो? धुलिखेल अस्पतालका एक डाक्टर हालसालै बिते हाइवेमा। उनलाई यदि कार्डियाक इआर र क्याथ ल्याब टिम ठाउँमा हुन्थ्यो भने बचाउन सकिन्थ्यो। त्यसैले कहाँ छ जवाफेदही, मेडिकल इथिक्स र व्यावसायिक जिम्मेवारी? 

आज नर्सहरु विरोध गरिरहेका छन्, भलै उनीहरुको छुट्टै माग छ तर जायज छ। उनीहरुलाई दोस्रोचोटि जेल लगिएको छ। उनीहरु डराएका छन्। के यो देशमा न्याय छ? 

१० करोडको उपकरण किन (सायद कमिसन सहित)? जब उपकरण आइपुग्छ, त्यसपछि मतलब हुँदैन। मानिसहरु हाइवेमा मरिराखेका हुन्छन्। कुनै कानुनले पनि छुन सक्दैन उनलाई। तर, यहाँ जब कलिला नर्सहरु विरोध गर्छन् तब प्रहरी संयन्त्रले तुरुन्तै उनीहरुलाई जेल कोच्नका लागि पक्रिन्छ। उनीहरुलाई कसले निर्देशन दियो जबकि त्यहाँ कसैले पनि हिंसा गरेको छ न कसैको प्राइभेट पोपर्टीमा आँच पुगेको छ? म साहसी छैन यी नर्सहरु साहसी छन्। यतिसम्मको अन्याय र अमानवीयको स्तर देख्दा म चुप लागेर बस्न सक्ने अवस्थामा छैन। र, मसँग सार्वजनिक रुपमा बोल्नुबाहेक अरु केही विकल्प थिएन। यी देशका अधिवक्ता र पत्रकारहरु कहाँ गए? सत्यतथ्य तथा छानबिन र खोजका लागि आउनुस्।

(भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरु यतिबेला आन्दोलनमा छन्। अस्पतालमा केन्द्रित उनीहरुको आन्दोलन नेपाल नर्सिङ संघको प्रांगणसम्म आइपुगेको छ। गत शुक्रबार मन्त्रालयमा उनीहरुले निर्देशक डा पुकारचन्द्र श्रेष्ठलाई घेराउ गरी समस्या समाधानको पहल गर्न आग्रह गरे। तर, आन्दोलनरत नर्सलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्यो। यही प्रसंगमा सोही केन्द्रका कन्सलट्यान्ट कार्डियोथोरासिक सर्जन डा तुलाधारले फेसबुकमा सार्वजनिक गरेको धारणालाई अनुवाद गरी यहाँ प्रस्तुत गरेका हौं। –सम्पादक)

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्