काठमाडौं- रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को जहाजका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम प्रस्थानमा ढिलाइ भएको छ। नेपाल एयरलाइन्सको ए३२० एयरबस चार्टर उडानमार्फत प्रधानमन्त्री ओली भियतनाम प्रस्थान गर्न कार्यक्रम थियो। बिहान ११:२५ बजे समय तालिका भए पनि उनको १५ मिनेट ढिलो मात्र उक्त जहाज उडाइएको थियो।
‘प्रधानमन्त्री ओली सहतिको भ्रमण टोली जाने जहाज ११ः२५ बजेका लागि उडान तय भएको थियो’, विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘काठमाडौं–पारोका लागि उडान भर्दै गरेको ड्रुक एयर जहाजमा प्राविधिक समस्या आएपछि उडानमा ढिलाइ भएको हो।’
जहाज काठमाडौंबाट उडान भरेर पारोतर्फ जाँदै गरेको अवस्थमा पाइलटले जहाजमा धुवाँ गनाएको भन्दै टावरसँग आपतकालीन अवतरणका लागि समय मागेपछि प्रधानमन्त्री सवारी जहाज उडानमा केही समय ढिला भएको उनको भनाइ छ।
६० नटिक माइल उडान भरेपछि ड्रुक एयरको जहाजले आपतकालीन अतरण मागेको उनको भनाइ छ। कुनै जहाजले आपतकालीन अवतरण माग गरेपछि सबै उडान बन्द गरेर उसलाई नै समय दिनुपर्ने अन्तर्राष्ट्रिय उडान नियम अनुसार काम गर्दा केही समय ढिला भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।