काठमाडाैं- चाावहिल-जोरपाटी सडक पिच नगरी सरकारले धुलो खुवाएको भन्दै स्थानीय जनता र व्यापारीहरु आन्दोलनमा उत्रेका छन्। २०७२ सालदेखि थालिएको काम २०७६ सम्म पिच नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्। स्थानीयले आज चुच्चेपाटीदेखि जोरपाटीसम्म सडक बन्द गरे।
प्रहरीका गाडीलाई समेत गुड्न नदिएका स्थानीयले शंख फुकेर सरकार तथा ठेकेदारकाे विराेध गरेका हुन्। उनीहरु विभिन्न प्लेकार्ड सहित सडकमा उत्रिएका छन्। अहिले पनि उनीहरु टायर बालेर विराेध जनाइरहेका छन्।

चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सबडक विस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रालि लगायत ५ कम्पनीसँग सम्झौता भएको थियो।
उचित मुआब्जा दिएर मात्रै सडक आसपासका घर भत्काउन अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको तर्क गर्दै ठेकेदार कम्पनी जिम्मेबारीवाट पन्छिदै आएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पनि सोही तर्क गर्दै आएको छ।
जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद छ। दायाँ भागमा सडक बन्नु अघिको राजकुलो मिचेर व्यक्तिले जग्गाधनी प्रमाण पूर्जा बनाएको बायाँ किनारका स्थानीयवासीको भनाइ छ।
बौद्ध र जोरपाटी क्षेत्रमा खानेपानी तथा ढल लिकेज भएर सडकमा दह जम्ने गरेको छ। वर्षाको समयमा उक्त क्षेत्रमा सवारी चल्न समस्या हुने र घाम लाग्दा धुलोले बस्न नसक्ने भएकोपछि स्थानीयहरु आन्दोलनमा उत्रेका हुन्।

जाेरपाटी–थली–साँखु सडक पनि उस्तै
बागमती पुलबाट थलीसम्मको २.४ किलाेमिटर सडक विस्तारमा तीन वर्षमा ४० प्रतिशतमात्र भौतिक प्रगति भएको छ। २०७२ असोज १३ गते नै सम्झौता भएको यो सडक आगामी पुस १४ सम्म विस्तार सक्नुपर्ने भएपनि हालसम्म काम चलिरहेको छ।
बज्र गुरु च्याङ्मिलारखानी जेभीले काम गरिरहेको यो खण्डमा दक्षिण ढोकाका २३ घरको अन्तरिम आदेशका कारण घर भत्काउन नसकिएको भन्दै ढिलाई गरेको थियो।
मूलपानी क्षेत्रमा सडकको अधिकार क्षेत्रको विवाद छ। यो क्षेत्रमा पनि विद्युत् र टेलिफोनको तार तथा पाेल हटेको छैन। मूलपानीमा वनको रुखका कारण समेत काममा ढिलाइ भएको थियो। थली क्षेत्रका ३८ घरले सर्वोच्च अदालतबाट अन्तरिम आदेश गराएकाले काम हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।