काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीका कारण बालुवाटारदेखि एयरपोर्टका सडक प्रभावित हुने भएका छन्।
बालुवाटार, भाटभटेनी, छातेगणेश, नक्साल भगवती, ल्होत्से चोक, ज्ञानेश्वर, रातोपुल, गौशाला तिलगंगा, एयरपोर्ट हुँदे चल्ने सवारी प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिकले जनाएको छ।
ती सडक दुवैतर्फ प्रभावित हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न पनि ट्राफिकले आग्रह गरेको छ।
आज (बिहीबार) दक्षिणपूर्वी एसियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणका क्रममा भित्रुवन विमानस्थल जाने क्रममा ती क्षेत्रका सडक प्रभावित हुने भएको हो।
प्रधानमन्त्री ओली नेपाल वायुसेवाको चार्टर्ड विमानबाट ११ः२५ बजे ५ दिने विदेश भ्रमणका निस्कन लागेका हुन्।
यो पनि : प्रधानमन्त्री भियतनाम प्रस्थान गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा उडान-अवतरण ठप्प हुने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।