• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

आगामी बजेटसँग जोडिएका ७ विषय

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  ०८:००
1140x725

काठमाडौं- आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटका लागि सरकारले तयारी गरिरहेको छ। राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बजेट सिलिङ पठाइसकेको छ।

अर्थ मन्त्रालयले पछिल्लो समय ढोका थुनेर काम थालेको छ। यसपटकको बजेट बनाउने चरणमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग पनि थपिएको छ। राष्ट्रिय बजेट बनाउँदा यिनै ३ निकायले मुख्य भुमिका खेलिरहेका छन्।

दुई तिहाइ बहुमतसहितको सरकारले बनाएको यो दोश्रो बजेट हो। 'समृद्ध नेपाल, सुखी नेपाली'को मूलमन्त्र लिएर मुलुक हाँकिरहेको सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका केही महत्वपूर्ण विषयहरूलाई यसरी विश्लेषण गर्न सकिन्छ। 

१) वित्तीय संघीयताको पूर्ण अभ्यास 
प्रशासनिक संरचनाहरू संघीयताको मर्मअनुरुप ढल्दै गएपनि आर्थिक तथा वित्तीय संघियताको विषय अझै पनि सकसकै रूपमा छ। मुलुकमा संघीयता लागू भएपछि दुई आर्थिक वर्षको बजेट बनिसकेको छ। तर संघीयताको मर्म र भावना अनुरूपको राजश्वबाट बजेट भने अघिल्ला दुई आर्थिक वर्षमा बन्न सकेको थिएन। तीनवटै तहलाई बजेट विनियोजन गर्दा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान गरी ४ वटा शीर्षकमा बजेट विनियोजन भएपनि राजश्व प्रणाली भने पूर्ण रुपमा वित्तीय संघीयताको अभ्यासमा गइसकेको थिएन। 

तर यसवर्षदेखि भने राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले बजेट प्रणालीमा सहभागिता जनाएको छ। यसअघि बजेट बनाउँदा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको मुख्य भुमिका रहने गरेकोमा यसवर्षदेखि आयोगले पनि भूमिका पाएको छ। 

आगामी आर्थिक वर्षदेखि आयोगले तीन तहकै सरकारले प्राकृतिक श्रोतको परिचालनबाट प्राप्त हुने प्रतिफलको हिस्सा निर्धारण गरी नेपाल सरकारमा सिफारिस गर्नेछ। प्राकृतिक स्रोतको परिचालनमा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले गर्ने लगानीको हिस्सा नेपाल सरकारमा सिफारिस गरेर त्यसलाई समाविगष्ट गरी बजेट तयार पार्न लागिएको यो पहिलो पटक हो। 

आयोगले प्राकृतिक स्रोतको परिचालनमा संघ, प्रदेश र स्थानीय तहले गर्ने लगानीको हिस्सा तय गर्दा तीनवटै तहका सरकारको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता, लगानी गर्न सक्ने क्षमता, प्राप्त गर्ने उपलब्धिको हिस्सा, प्राप्त उपलब्धिको उपभोगको हिस्सा, पूर्वाधारको अवस्था र आवश्यकता, आर्थिक अवस्था र भौगोलिक बनोट हेरेर उनीहरूलाई बजेट दिनेछ। 

यसको मतलब के हुन्छ भने आयोगले यी विषयलाई मध्यनजर गरेर नै बजेट विनियोजनका लागि सरकारमा सिफारिस गर्नेछ। बजेट बाँटफाँटमा चालु आर्थिक वर्षमा यसको केही हदसम्म अभ्यास हुने बताइएको छ। तर पूर्ण अभ्यास भने आगामी आर्थिक वर्षको बजेटदेखि हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

संकलित राजश्व तीन तहमा बाँडफाँट गर्दा अपनाइने नयाँ विधि पनि पहिलोपटक आगामी आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा जान लागेको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १४ (२) अनुसार आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने प्रतिफलको हिस्सा बाँडफाँटका लागि नयाँ विधि अपनाएको छ। 

परिचालित प्रकृतिको स्रोतको अवस्थिति, प्राकृतिक स्रोतको परिचालनबाट प्रभावित क्षेत्र, स्रोत उपरको निर्भरता, प्रतिफलबाट लाभान्वित जनसंख्या, प्राकृतिक स्रोतमा आश्रित जनसंख्या, र स्रोतको संरक्षण तथा दिगो व्यवस्थापनमा उनीहरूको सहभागिताका आधारमा निर्धारण गरी नेपाल सरकारलाई सिफारिस गर्नेछ।

२)पन्ध्रौं पञ्चवर्षीय योजना र २५ वर्षे दीर्घकालीन रणनीतिको आधार 
आगामी आर्थिक वर्षका लागि तयार पार्न लागिएको बजेट पन्ध्रौं पञ्चवर्षीय योजना तथा २५ वर्षे दीर्घकालीन रणनीति कार्यान्वयनको आधार तय गर्ने गरी बनाइदैछ। यी दुवै आवधिक योजनाको यो पहिलो वर्ष हो। ती  योजनाहरुले तय गरेका लक्ष्य, उद्देश्य प्राप्त गर्नु बजेटको प्रमुख प्राथमिकताको विषय बन्न जान्छ। पाँच वर्षका लागि भनेर बनाईको पन्ध्रौं आवधिक योजनाले तय गरेको मार्गचित्रअनुरुप पहिलो वर्ष नै धेरै क्षेत्रमा सरकारले नयाँ अभ्यासको थालनी गरिसक्नुपर्छ। 

नयाँ कार्यक्रम कार्यान्वयनमा लगिसक्नुपर्ने हुन्छ। आवधिक योजनाले तय गरेका सोच, लक्ष्य, उद्देश्य र मार्गचित्रकै आधारमा बजेट ढाल्नुपर्ने अवस्था अहिले छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

३)वाम गठबन्धनको चुनावी घोषणापत्रको कार्यान्वयन  
हाल सरकारमा रहेको दल नेकपाले चुनावका बेला सार्वजनिक गरेका घोषणापत्र र त्यसमा समावेश भएका विषयवस्तुलाई कार्यान्वयनमा लैजानुपर्ने बाध्यकारी अवस्था सरकारसँग छ। चालु आर्थिक वर्षको बजेट भाषणका क्रममा चुनावी घोषणापत्रका कुरा बजेटमा प्रतिबिम्बित हुन नसकेको भन्दै सत्तारुढ दलेकै सांसदहरुले आवाज उठाएका थिए। त्यही कारण अर्थमन्त्रीको आलोचना भयो। 

तर, अर्थमन्त्रीले भने जनताको अनुहार पढ्ने बजेट ल्याएको भन्दै आफ्नै दलभित्र उठेका आवाजहरुले मत्थर पार्न खोजे। ‘बजेटमा महत्वाकांक्षी योजनाहरु ल्याउनु भन्दा पनि जनताको अनुहार पढ्ने, जनताका गुनासा सम्बोधन गर्ने बजेट ल्याएको छु,’ अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई थियो। 

यसवर्ष पनि चुनावी घोषणापत्रका कुरा बजेटमा अटाउन सकेनन् भने सरकारभित्रै विरोधका स्वर फेरि दोहोरिनेछन्। त्यस अर्थमा यो विषयलाई पनि बजेटले सम्बोधन गर्नैपर्ने अवस्था अहिले छ।

४)बाध्यकारी दुई विषय : कर्मचारी तलब र सामाजिक सुरक्षाभत्ता वृद्धि
हरेक दुई वर्षमा कर्मचारीको तलब बढाउनुपर्ने कानुनी व्यवस्था छ। त्यसकारण आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाउनैपर्ने दबाबमा सरकार छ। निजामती ऐन २०४९ को प्रावधानअनुसार २/२ वर्षमा बढ्नुपर्ने तलब सुबिधा पछिल्लो २ आर्थिक वर्षमा बढ्न सकेको छैन। 

बजेटमा सम्बोधन गर्नैपर्ने बाध्यकारी विषयका रुपमो सामाजिक सुरक्षाभत्तालाई पनि लिन सकिन्छ। किनभने यो विषयलाई चुनावताका वाम गठबन्धनले जोडतोडका साथ उठाएको थियो। त्यही गठबन्धन अहिले नेकपा बनेर सरकार चलाइरहेको छ। आफूले दिएको वाचा पूरा गर्न सरकारले कन्ज्युसाईं गर्दैन कि? 

त्यसो त वृद्धभत्तालगायत सामाजिक सुरक्षाभत्ता बढ्छ भनेर प्रधानमन्त्री आफैंले बजेट आउनु अगावै घोषणा गरिसकेका छन्। तर, कुन आधारमा कति परिमाणमा बढ्छ भन्ने कुरा भने बजेट सार्वजनिक भएपछि मात्रै थाहा होला। 

५) श्रोतको व्यवस्थापन चुनौतीपूर्ण
आगामी आर्थिक वर्षका लागि बजेटको आकार १५ खर्ब रुपैयाँभन्दा बढीको हुने गरी योजना आयोगले सिलिङ तयार पारेको छ। तर, बजेटको श्रोत व्यवस्थापनका लागि भने सरकारलाई सकस नै पर्ने देखिन्छ। राजश्व संकलनमा सरकार आक्रामक हुन खोजेपनि त्यसको परिणाम सन्तोषजनक देखिँदैन। 

चालु आर्थिक वर्षको राजश्व संकलन लक्ष्यअनुरुप नहुने हो भने आगामी आर्थिक वर्षको बजेटका लागि श्रोत जुटाउन सरकारलाई समस्या हुन्छ। यस्तो अवस्थामा वैदेशिक ऋण र अनुदान खोजेरै भएपनि ठूलो आकारको बजेट बनाइछाड्ने सरकारको धारणा हुनसक्छ। 

त्यसको उदाहरणका रुपमा अर्थमन्त्रीको फिजी भ्रमणलाई समेत लिन सकिन्छ। अर्थमन्त्री खतिवडाको भ्रमणको मुख्य उद्देश्य नै ‘नेपालका संघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकास निर्माणको लागि आवस्यक पर्ने वित्तीय श्रोत जुटाउन अन्तर्राष्ट्रिय निकायसँग पहल गर्ने’ भनी उल्लेख गरिएको छ। 

६) हचुवाका आयोजनालाई ‘नो ईन्ट्री’
अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न फोरमहरुमा बोल्दा आगामी आर्थिक वर्षको बजेटमा यसअघि नै दायित्व सिर्जना भइसकेका आयोजना पूर्णता दिने विषय प्राथमिकतामा पर्ने धारणा राख्दै आएका छन्। लामो समयदेखि निर्माणको विभिन्न चरणमा अल्झेका आयोजनालाई पूर्णता दिने विषयलाई नै अर्थमन्त्रीले प्राथमिकतामा राख्ने संकेत चालु आर्थिक वर्षको बजेटका क्रममा नै गरिसकेका थिए। 

अर्थमन्त्री खतिवडाले दोश्रो बजेटमा पनि नयाँ आयोजना तथा कार्यक्रममा बजेट विनियोजन गर्नभन्दा दायित्व सिर्जना भईसकेका आयोजनाहरुलाई नै बजेटको प्राथमिकतामा राख्ने बढी सम्भावना देखिन्छ। 

अर्को महत्वपूर्ण कुरा, कुनै पनि आयोजनाको विस्तृत अध्ययन नै भएको छैन। त्यस्ता आयोजना बजेटभित्र अटाउँदैनन् भनेर अर्थमन्त्रीले उर्दी नै गरेका छन्। सांसदहरुले आफ्नो शक्ति र भनसुनकै आडमा आयोजना पाउने सम्भावना यसो हुँदा रहँदैन। यद्यपि, अर्थमन्त्रीको यो फर्मुला लागु हुन्छ वा हुँदैन भन्ने कुरा भने बजेटपछि मात्र थाहा हुनेछ। 

७) बजेट अगावै प्रतिपक्षको विरोध 
बजेट सार्वजनिक भएपछि त्यसको समर्थन वा विरोधमा प्रतिपक्ष बोल्दा त्यसलाई स्वभाविक रूपमा लिन सकिन्छ। तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटका विषयमा सरकारको कार्यशैलीप्रति अहिल्यै विरोध जनाइसकेको छ। 

जेठ १५ मा संघीय संसद व्यवस्थापिका संसदमा बजेट विनियोजन गर्नु अगाडि गरिनुपर्ने पूर्व बजेट छलफल नगरीकनै वार्षिक नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै कांग्रेसको आपत्ति छ। 

बजेटमा समेटिने विषयवस्तुको प्रमुख आधार मानिने वार्षिक नीति तथा कार्यक्रम ल्याउनुअघि विभिन्न निकायसँग गर्नुपर्ने पूर्व बजेट छलफल नगरिनु बजेट परम्परा, सिद्धान्त र अनुशासन उल्लंघन भएका कांग्रेसको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्