काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्किँदा नोज ल्यान्डिङ गियरको लाइटमा सामान्य क्षति पुगेको छ।
स्थानीय समयअनुसार बिहान ६:३६ बजे अवतरणको चरणमा रहेका बेला जहाजमा परेवा ठोक्किएको थियो। घटनापछि जहाजको नोज ल्यान्डिङ गियरमा रहेको लाइटमा सामान्य क्षति देखिएको हो। ल्यान्डिङ गियरमा भने क्षति पुगेको जानकारी छैन।
घटनापछि धावनमार्ग सफाईकालागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ७:४८ बजेसम्म बन्द गरिएको थियो। जहाजमा ठोक्किएको चराको अवशेष सफा गर्न केही समय लागेकाले विमानस्थलको उडान सञ्चालन प्रभावित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।