• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नक्कली भ्याट बिल प्रकरण : फेरि ७ अर्ब बराबरको राजस्व छली

यसरी खडा हुन्छ नक्कली बिल बनाउने व्यवसाय 
64x64
दुर्गा दुलाल बुधबार, वैशाख १८, २०७६  २१:०३
1140x725

काठमाडौं– नक्कली भ्याट बिल प्रकरणमा मुछिएका अधिकांश व्यापारीहरुको मुद्दा सर्वोच्च अदालतमा यतिबेला विचाराधीन छ। २०६८ सालदेखि चलेको यो प्रकरण किनारा नलाग्दै करिब ७ अर्बको नक्कली भ्याट बिल जारी भएको राजस्व अनुसन्धान विभागको अनुसन्धानमा फेला परेको छ। 

आर्थिक वर्ष २०७२, ०७३ र २०७४ को अनुसन्धानमा नयाँ कम्पनीहरु मार्फत नयाँ शैली प्रयोग गरी भ्याट छली भइरहेको पाइएको हो।

विभागको एक टोलीले गरेको अध्ययनमा विभिन्न शैली अपनाएर ७ अर्ब बराबरको नक्कली भ्याट बिल जारी गरेको पाइएको विभागमा महानिर्देशक दीर्घराज मैनालीले बताए। नक्कली भ्याट बिलको पहिलो प्रकरणमा भन्दा फरक प्रकृतिका कम्पनीहरु यस्तो कार्यमा संलग्न भएको पाइएको उनको भनाइ छ।

'विगतका नाम चलेका घराना संलग्न भएको पाइएको थियो,' उनले भने, 'यस पटक नामै नसुनेका तथा निर्माण जगतमा ख्याति नकमाएका कम्पनीहरु नक्कली बिल जारी गर्नेमा देखिए। यसले राजस्व प्रणालीको मेरुदण्डको रुपमा रहेको भ्याटलाई नै सच्याउनुपर्ने अवस्था देखाउँछ।'

भ्याट बर्सेनि कम हुँदै जान थालेपछि विभागले अनुसन्धान थालेको थियो। ‘कर संकलन नहुनुपर्ने अवस्थामा छैन, उपभोक्ताले कर तिरेको तिर्‍यै छन् तर बुझाउनुपर्नेले आफ्नो खल्तीमा हालेका छन्,’ महानिर्देशक मैनालीले भने।  

नक्कली बिल तयार गर्ने समूह नै सक्रिय रहेको विभागको प्रारम्भिक अनुसन्धानमा पाइएको छ। तीमध्ये केही व्यक्तिलाई नियन्त्रणमा लिएर अहिले विभागले बयानसमेत लिइरहेको छ। ’यो एक समय मात्र अनुसन्धान गरेर नहुने भएकाले अब हामी निरन्तर काम गर्ने योजनामा छौं,'  मैनालीले भने। 

यसरी खडा हुन्छ नक्कली बिल बनाउने व्यवसाय 
नक्कली बिल बनाउने व्यवसायका लागि सुरुमा व्यापारीहरुले मजदुर र कम आर्थिक अवस्था भएका व्यक्तिको खोजी गर्ने र रोजगारको बहानमा फसाउने गरेका छन्।

हालै मात्रै विभागले यस्तै कम्पनी खडा गरी करोडौं कारोबार भएको भेट्टाएको थियो। तर, कागजातका उल्लेख कम्पनी मालिको आर्थिक अवस्था कमजोर भएको पाएपछि केहीको नाममा विभागले मुद्दा समेत दायर गरेपछि यो रहस्य बाहिरिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

मजदुरलाई नै कम्पनीको मालिकको रुपमा उभ्याएर कम्पनी रजिष्ट्रारको कार्यालयमा एकैदिन धेरै दर्ता गर्ने गरेको विभागको अनुसन्धानमा पाइएको छ। उक्त कम्पनीको सञ्चालकको नाममा बैंक खाता खोल्ने र त्यसको अधिकार गिरोहले आफूमा राख्ने गरेको पाइएको छ। यस्तो कम्पनीको नाममा नक्कली बिल छपाइ गरी बिक्री गर्ने गरेको पाइएको छ। उक्त बिल बिक्री बापतको रकम बैंकमा जम्मा गरेर मजदुरको नामबाट गिरोहले नै लिने गरेका छन्। 

‘हातमा सय रुपैयाँ नहुने मान्छेको नाममा कम्पनी खोलेर बिल कारोबार हुने गरेको अनुसन्धानमा पाइयो,’ मैनालीले भने, ‘बिल छपाइ गर्दै  बिक्री गर्ने र उक्त कम्पनीबाट बिक्री गर्दै चेकमार्फत दलालहरुले रकम लिएर भ्याट छली गर्ने गरेको देखिएको  छ।’ 

निर्माण कम्पनीले उपत्यकाबाट बिल किने 
नाम चलेका निर्माण कम्पनीहरुले उपत्यकाबाहिर निर्माण गरेका अधिकांश आयोजनामा काठमाडौंकै हार्डवेयर पसलको विल पेस गर्दै भ्याट छली गरेको पाइएको छ। उदाहरणका लागि हेटौंडा र विराटनगरमा कुनै ठेक्का सञ्चालन गरिरहेको निर्माण कम्पनीले काठमाडौंको हार्डवेयर पसलको बिल देखाउने गरेका छन्। 

काठमाडौंका पसलहरुले खुद्रा बिक्री गर्ने र बिल नदिने तर उक्त बिल ठूला निर्माण कम्पनीलाई बिक्री गर्दै भ्याट छली गर्ने गरेको पाइएको महानिर्देशक मैनालीले बताए।  

उपभोक्तावाट उठाएको भ्याट व्यापारीको खल्तीमा 
समान खरिद गरेबापत उपभोक्ताले भ्याट तिर्ने तर त्यो भ्याट व्यापारीले आफ्नो खल्तीमा हाल्ने गरेको विभागको अनुसन्धानमा देखिएको छ।

‘समान आयत–निर्यात गर्नेले यस्तो नक्कली बिल खरिद गरेको पाइयो,’ मैनालीले भने, ‘कुनै सामान सय रुपैयाँमा खरिद गरेको देखाई पाँच सयमा बेच्ने तर त्यसको भ्याट बिल नकाटी बिक्री गरेर भ्याट छली गरेको देखिन्छ।’ 

यस्तो काम गर्ने २४ फर्म र त्यसका सञ्चालकविरुद्ध विभागले २०७५ फागुन २१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ। राजस्व अनुसन्धान विभागले १ अर्ब ७५ करोड रुपैयाँ कर छली गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको थियो।  

१३ प्रतिशत भ्याट र खर्च देखाई २५ प्रतिशत आयकर छली गरेको अनुसन्धानमा देखिएको थियो। 

अनुसन्धानमा गत असारमा १२ करोड कारोबार गरेको फर्म साउनमा गायब भएको देखिएको थियो। परमेश्वर साहले मात्र २० वटा खाता सञ्चालन गरेको विभागमा अनुसन्धानमा भेटिएको थियो। बिल खरिद गर्ने ठूला तथा मझौला गरी १२ फर्मको कारोबार विवरण संकलन गरी अनुसन्धान अघि बढाइएको थियो।

ज्याला मजदुरी गर्ने अनपढ व्यक्तिलाई प्रलोभनमा पारी निजहरुका नाममा कम्पनी खोली त्यस्ता कम्पनीबाट वास्तविक रुपमा मालवस्तुको खरिद बिक्री कारोबार नै नगरी झुट्टा बिजक जारी गरेर राजस्व चुहावट हुने गरेको खुलेको थियो। कम्पनी दर्ता गर्ने व्यक्ति र अन्य कुनै एक नियन्त्रित व्यक्तिलाई कर्मचारीका रुपमा राखी खाता सञ्चालन गर्न लगाई संगठित रूपमा राजस्व चुहावट गरेको पाइएको थियो।

नक्कली भ्याट बिल प्रकरणमा नेपाल लाइभका शृंखला
नक्कली भ्याट बिल प्रकरण-१ : सर्वोच्चमा विचाराधीन मुद्दा प्रभावित पार्न व्यापारीको चलखेल

नक्कली भ्याट बिल प्रकरण-२ : भाटभटेनीले ३६ फर्मबाट खरिद गर्थ्यो नक्कली बिल

नक्कली भ्याट बिल प्रकरण-३ : भाटभटेनीसहित व्यापारिक संस्थालाई सहयोग पुग्नेगरी किन सारियो पेशी?

अरु पनि :
भ्याट छलीको नयाँ शैली, यी हुन् २४ कम्पनी

नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीसहित चार आरोपीको मुद्दामा अन्तिम सुनुवाइ सुरु

नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीसहित चार कम्पनीको मुद्दा प्रधानन्यायाधीश राणाको इजलासमा

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  २१:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्