• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

भ्याट छलीको नयाँ शैली, यी हुन् २४ कम्पनी

कर्मचारीका नाममा कम्पनी खोल्दै, राजस्व ठग्दै
64x64
नेपाल लाइभ मंगलबार, फागुन २१, २०७५  १८:४४
1140x725

काठमाडौं- व्यापारीहरूले राजश्व ठगी गर्न केसम्म गर्न पछि पर्दैनन्! कानुनी र गैरकानुनी सबै काम गर्न सक्छन् व्यापारी भन्ने कुरा हालै गरिएको एक अनुसन्धानले खुलासा गरेको छ। नक्कली भ्याट बिलको पहिलो प्रकरणको अन्तिम सुनुवाइ सर्वोच्चमा चलिरहेका बेला फेरी अर्को नक्कली भ्याट बिलको प्रकरण खुलासा भएको छ। 

राजस्व छली गर्न नक्कली भ्याट बिल खडा गर्ने नयाँ शैली सुरु भएको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली बताउँछन्। 

फर्महरूले सोझा र अनपढ मानिसलाई काम दिने बहानामा उनीहरुकै नाममा कम्पनी खोल्ने र खाता सञ्चालन गर्ने अनि नक्कली बिल मार्फत् भ्याट छली गर्ने क्रम बढेको अनुसन्धानले देखाएको महानिर्देशक मैनालीको भनाइ छ। 

विगतमा कम्पनीहरूले फर्मबाट नक्कली बिल खरिद गरेर देखाउने गरेका थिए। उक्त कुराको खुलासा भएर कारबाहीमा परेपछि सोझा मानिसलाई निसाना बनाएर फर्म खोली राज्यकोषमा जम्मा हुने राजश्व लुट्न थालेका हुन्। 

राजश्व अनुसन्धान विभागको लामो अनुसन्धानपछि नक्कली भ्याट बिलको यो रहस्य बाहिर आएको हो।

यस्तो काम गर्ने २४ फर्म र त्यसका सञ्चालक विरुद्ध विभागले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

राजश्व अनुसन्धान विभागले १ अर्ब ७५ करोड रुपैयाँ कर छली गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो।  

‘निम्नस्तरका मजदुरलाई आर्थिक प्रलोभनमा पारी तिनीहरूका नाममा फर्म कम्पनी दर्ता गराई बैंक खाता खोली कारोबार गरेको देखियो,’ विभागले जिल्ला अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ, ‘नक्कली बिलको कारोबार गर्ने व्यक्तिले आफू र आफ्नो मातहतको कर्मचारीलाई प्रयोग गरी दुबै जनाको दस्तखत कार्डसमेत पेस गरी कुनै एक जनाको दस्तखतबाट बैंक कारोबार संचालन गर्ने गरेको पाइएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

झुटा तथा नक्कली बिलबिजक बनाई कर छली गर्ने केही करदातामाथि गरिएको प्रारम्भिक अनुसन्धानपछि विकराल रुपमा कर छली रहेको तथ्य  सार्वजनिक भएको हो। 'नक्कली भ्याट बिल छलीको अवस्था गम्भीर छ,' आरोपपत्रमा उल्लेख छ। 

नक्कली भ्याट बिल जारी गर्ने गिरोहले मजदुर र न्यून आयस्रोत भएका व्यक्तिका नाममा फर्म खोल्ने, भ्याटमा दर्ता गराई नक्कली कारोबार गरिरहेका विभागको अनुसन्धानमा पाइएको हो। बैंकमा तिनै कर्मचारीका नाममा खाता खोल्ने र सञ्चालन गर्ने पनि गरेको अनुसन्धानमा देखिएको छ। 

यसका साथै नक्कली भ्याट बिल छपाई गरी कारोबारसमेत गर्ने गरेको विभागको अनुसन्धानले देखाएको छ। 

जसले बिजक जारी गर्छ, उसैबाट थोरै कमिसन लिएर बिल फिर्ता गर्ने, बिल छपाई र बिक्री गर्ने गरेको भेटिएको आरोपपत्रमा उल्लेख छ। अडिट गरेको वित्तीय विवरण समेत कर कार्यालयमा बुझाउने र कर प्रणालीमा कारोबार समेत देखाउने गरेका थिए।

Xtrem

Xtrem

१३ प्रतिशत भ्याट र खर्च देखाई २५ प्रतिशत आयकर छली गरेको अनुसन्धानमा देखिएको विभागका महानिर्देशक मैनालीको भनाइ छ। 

अनुसन्धानमा गत असारमा १२ करोड कारोबार गरेको फर्म साउनमा गायब भएको देखिएको थियो। परमेश्वर साहले मात्र २० वटा खाता सञ्चालन गरेको विभागमा अनुसन्धानमा भेटिएको छ। बिल खरिद गर्ने ठूला तथा मझौला गरी १२ फर्मको कारोबार विवरण संकलन गरी अनुसन्धान अघि बढाइएको थियो।

ज्याला मजदूरी गर्ने अनपढ व्यक्तिलाई प्रलोभनमा पारी निजहरुका नाममा कम्पनी खोली त्यस्ता कम्पनीबाट वास्तविक रुपमा मालवस्तुको खरिद बिक्री कारोबार नै नगरी झुट्टा बिजक जारी गरी राजस्व चुहावट गरेको समेत अनुसन्धानमा खुलेको छ। कम्पनी दर्ता गर्ने व्यक्ति र अन्य कुनै एक आफू नियन्त्रित व्यक्तिलाई कर्मचारीका रुपमा राखी खाता संचालन गर्न लगाई संगठित रूपमा राजस्व चुहावट गरेको पाइएको हो।

यी हुन् राजश्व छल्ने फर्म 

दुई व्यक्तिबाट खुलेको रहस्य 
नक्कली भ्याट बिल प्रकरणको नयाँ शैलीको रहस्य दुई जना व्यक्तिमाथि भएको अनुसन्धानबाट खुलेको हो। 

राजश्व छली गरेको आरोपमा पक्राउ परेका परमेश्वर साह र जय किशोर साहमाथि विभागले अनुसन्धान गर्दै जाँदा नक्कली भ्याट बिलको नयाँ शैली फेला पारेको हो। 

२०७५ माघ ३ र ४ गते पक्राउ परेका साहद्धयको बयानपछि मात्र विभागले यस्तो रहस्य थाहा पाएको थियो। 

डिजे प्रोलिंक ट्रेड प्रालिमार्फत साहद्धयले ११ करोड ८७ लाख ४२ हजार ६ सय ८४ रुपैयाँको नक्कली बिल जारी गरेका थिए। उनीहरुले सो कम्पनीका सञ्चालकमा रमेश मुखियालाई राखेका थिए। यसरी उनीहरुले नक्कली बिल जारी गरेको विभागको अनुसन्धानमा पाइएको छ। 

विभागले लगत्तै अन्य फर्महरूको बिलमाथि पनि अनुसन्धान थालेको थियो। २४ वटा फर्महरुले यसरी नक्कली भ्याट बिल जारी गर्दै ठगी गर्दै आएको पुष्टि भएपछि काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

३ करोडको हुन्डी कारोबारी विरुद्ध मुद्दा 
विभागले विदेशी विनिमय अपचलन तथा हुन्डी कारोबार गरेको अभियोगमा गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बू विरुद्ध ३ करोड ६६ लाख बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।  

सुब्बाले इन्दनारायण लिम्बू समेतको साझेदारीमा रिलायन्स सब रेमिट प्रालि दर्ता गरी उक्त फर्मका माध्यमबाट हुन्डी कारोबार गरेको आरोपपमा उल्लेख छ। 

मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालमै एक ठाउँबाट अर्को ठाउँ पठाएको कारोबार देखाई विदेशी विनिमय रकम अपचलन गरेको विभागको आरोपपत्रमा उल्लेख छ। 

कम्प्युटर अभिलेखमा मलेसियन रिङ्गिटको नेपाली पैसासँग फरक दिन र समयको विनिमय दरले हिसाब राखिएको विभागको अनुसन्धानमा पाइएको छ। उनीहरुलाई बरामदी नगद जफत गरी प्रतिव्यक्ति जनही बिगोको ३ गुणासम्म ब्याँज र ३ वर्षसम्म कैद सजाय समेत माग गर्दै मुद्दा दायर गरिएको हो। 

३ पसलेले बिक्री गरे डेढ करोडको तस्करीको सुन
विभागको अनुसन्धानमा ३ सुन पसलले तस्करी गरी बिल बिनाको १ करोड ४२ लाखभन्दा बढी बराबरको सुन कारोबार गरेको पाइएको छ।

विभागले यसरी कारोबार गर्ने ८ जना विरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा समेत दायर गरेको छ। 

तस्करीको सुन खरिदबिक्री गर्नेमा सिद्धि अर्नामेन्ट, माँ दुर्गा ज्वेलर्स र ओम ज्वर्लसका सञ्चालक रहेको आरोपपत्रमा उल्लेख छ। 

बिल बिजक र पैठारी गरेको प्रज्ञापनपत्र समेत नभएको सुन उनीहरुले पसलमा राखेको विभागको अनुसन्धानमा देखिएको छ।

तस्करीमार्फत् भित्र्याइएको सुनको भुक्तानी विभिन्न व्यक्तिका नाममा रकम जम्मा गरेको बैंकभौचर समेत विभागले बरामद गरेको थियो।  सुन खरिद गरे बापत रौतहट बस्ने मनोहर साहलगायतका व्यक्तिहरुको खातामा रकम पठाएको विभागले फेला पारेको थियो। 

विभागले सबै सुन पसललाई बिगो र सो बमोजिम जरिवाना र जनही ३ वर्ष कैद सजायको मागदाबी गरेको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्