• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

भ्याट छलीको नयाँ शैली, यी हुन् २४ कम्पनी

कर्मचारीका नाममा कम्पनी खोल्दै, राजस्व ठग्दै
64x64
नेपाल लाइभ मंगलबार, फागुन २१, २०७५  १८:४४
1140x725

काठमाडौं- व्यापारीहरूले राजश्व ठगी गर्न केसम्म गर्न पछि पर्दैनन्! कानुनी र गैरकानुनी सबै काम गर्न सक्छन् व्यापारी भन्ने कुरा हालै गरिएको एक अनुसन्धानले खुलासा गरेको छ। नक्कली भ्याट बिलको पहिलो प्रकरणको अन्तिम सुनुवाइ सर्वोच्चमा चलिरहेका बेला फेरी अर्को नक्कली भ्याट बिलको प्रकरण खुलासा भएको छ। 

राजस्व छली गर्न नक्कली भ्याट बिल खडा गर्ने नयाँ शैली सुरु भएको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली बताउँछन्। 

फर्महरूले सोझा र अनपढ मानिसलाई काम दिने बहानामा उनीहरुकै नाममा कम्पनी खोल्ने र खाता सञ्चालन गर्ने अनि नक्कली बिल मार्फत् भ्याट छली गर्ने क्रम बढेको अनुसन्धानले देखाएको महानिर्देशक मैनालीको भनाइ छ। 

विगतमा कम्पनीहरूले फर्मबाट नक्कली बिल खरिद गरेर देखाउने गरेका थिए। उक्त कुराको खुलासा भएर कारबाहीमा परेपछि सोझा मानिसलाई निसाना बनाएर फर्म खोली राज्यकोषमा जम्मा हुने राजश्व लुट्न थालेका हुन्। 

राजश्व अनुसन्धान विभागको लामो अनुसन्धानपछि नक्कली भ्याट बिलको यो रहस्य बाहिर आएको हो।

यस्तो काम गर्ने २४ फर्म र त्यसका सञ्चालक विरुद्ध विभागले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

राजश्व अनुसन्धान विभागले १ अर्ब ७५ करोड रुपैयाँ कर छली गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो।  

‘निम्नस्तरका मजदुरलाई आर्थिक प्रलोभनमा पारी तिनीहरूका नाममा फर्म कम्पनी दर्ता गराई बैंक खाता खोली कारोबार गरेको देखियो,’ विभागले जिल्ला अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ, ‘नक्कली बिलको कारोबार गर्ने व्यक्तिले आफू र आफ्नो मातहतको कर्मचारीलाई प्रयोग गरी दुबै जनाको दस्तखत कार्डसमेत पेस गरी कुनै एक जनाको दस्तखतबाट बैंक कारोबार संचालन गर्ने गरेको पाइएको छ।’

Ncell 2
Ncell 2

झुटा तथा नक्कली बिलबिजक बनाई कर छली गर्ने केही करदातामाथि गरिएको प्रारम्भिक अनुसन्धानपछि विकराल रुपमा कर छली रहेको तथ्य  सार्वजनिक भएको हो। 'नक्कली भ्याट बिल छलीको अवस्था गम्भीर छ,' आरोपपत्रमा उल्लेख छ। 

नक्कली भ्याट बिल जारी गर्ने गिरोहले मजदुर र न्यून आयस्रोत भएका व्यक्तिका नाममा फर्म खोल्ने, भ्याटमा दर्ता गराई नक्कली कारोबार गरिरहेका विभागको अनुसन्धानमा पाइएको हो। बैंकमा तिनै कर्मचारीका नाममा खाता खोल्ने र सञ्चालन गर्ने पनि गरेको अनुसन्धानमा देखिएको छ। 

यसका साथै नक्कली भ्याट बिल छपाई गरी कारोबारसमेत गर्ने गरेको विभागको अनुसन्धानले देखाएको छ। 

जसले बिजक जारी गर्छ, उसैबाट थोरै कमिसन लिएर बिल फिर्ता गर्ने, बिल छपाई र बिक्री गर्ने गरेको भेटिएको आरोपपत्रमा उल्लेख छ। अडिट गरेको वित्तीय विवरण समेत कर कार्यालयमा बुझाउने र कर प्रणालीमा कारोबार समेत देखाउने गरेका थिए।

१३ प्रतिशत भ्याट र खर्च देखाई २५ प्रतिशत आयकर छली गरेको अनुसन्धानमा देखिएको विभागका महानिर्देशक मैनालीको भनाइ छ। 

अनुसन्धानमा गत असारमा १२ करोड कारोबार गरेको फर्म साउनमा गायब भएको देखिएको थियो। परमेश्वर साहले मात्र २० वटा खाता सञ्चालन गरेको विभागमा अनुसन्धानमा भेटिएको छ। बिल खरिद गर्ने ठूला तथा मझौला गरी १२ फर्मको कारोबार विवरण संकलन गरी अनुसन्धान अघि बढाइएको थियो।

ज्याला मजदूरी गर्ने अनपढ व्यक्तिलाई प्रलोभनमा पारी निजहरुका नाममा कम्पनी खोली त्यस्ता कम्पनीबाट वास्तविक रुपमा मालवस्तुको खरिद बिक्री कारोबार नै नगरी झुट्टा बिजक जारी गरी राजस्व चुहावट गरेको समेत अनुसन्धानमा खुलेको छ। कम्पनी दर्ता गर्ने व्यक्ति र अन्य कुनै एक आफू नियन्त्रित व्यक्तिलाई कर्मचारीका रुपमा राखी खाता संचालन गर्न लगाई संगठित रूपमा राजस्व चुहावट गरेको पाइएको हो।

यी हुन् राजश्व छल्ने फर्म 

दुई व्यक्तिबाट खुलेको रहस्य 
नक्कली भ्याट बिल प्रकरणको नयाँ शैलीको रहस्य दुई जना व्यक्तिमाथि भएको अनुसन्धानबाट खुलेको हो। 

राजश्व छली गरेको आरोपमा पक्राउ परेका परमेश्वर साह र जय किशोर साहमाथि विभागले अनुसन्धान गर्दै जाँदा नक्कली भ्याट बिलको नयाँ शैली फेला पारेको हो। 

२०७५ माघ ३ र ४ गते पक्राउ परेका साहद्धयको बयानपछि मात्र विभागले यस्तो रहस्य थाहा पाएको थियो। 

डिजे प्रोलिंक ट्रेड प्रालिमार्फत साहद्धयले ११ करोड ८७ लाख ४२ हजार ६ सय ८४ रुपैयाँको नक्कली बिल जारी गरेका थिए। उनीहरुले सो कम्पनीका सञ्चालकमा रमेश मुखियालाई राखेका थिए। यसरी उनीहरुले नक्कली बिल जारी गरेको विभागको अनुसन्धानमा पाइएको छ। 

विभागले लगत्तै अन्य फर्महरूको बिलमाथि पनि अनुसन्धान थालेको थियो। २४ वटा फर्महरुले यसरी नक्कली भ्याट बिल जारी गर्दै ठगी गर्दै आएको पुष्टि भएपछि काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

३ करोडको हुन्डी कारोबारी विरुद्ध मुद्दा 
विभागले विदेशी विनिमय अपचलन तथा हुन्डी कारोबार गरेको अभियोगमा गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बू विरुद्ध ३ करोड ६६ लाख बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।  

सुब्बाले इन्दनारायण लिम्बू समेतको साझेदारीमा रिलायन्स सब रेमिट प्रालि दर्ता गरी उक्त फर्मका माध्यमबाट हुन्डी कारोबार गरेको आरोपपमा उल्लेख छ। 

मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालमै एक ठाउँबाट अर्को ठाउँ पठाएको कारोबार देखाई विदेशी विनिमय रकम अपचलन गरेको विभागको आरोपपत्रमा उल्लेख छ। 

कम्प्युटर अभिलेखमा मलेसियन रिङ्गिटको नेपाली पैसासँग फरक दिन र समयको विनिमय दरले हिसाब राखिएको विभागको अनुसन्धानमा पाइएको छ। उनीहरुलाई बरामदी नगद जफत गरी प्रतिव्यक्ति जनही बिगोको ३ गुणासम्म ब्याँज र ३ वर्षसम्म कैद सजाय समेत माग गर्दै मुद्दा दायर गरिएको हो। 

३ पसलेले बिक्री गरे डेढ करोडको तस्करीको सुन
विभागको अनुसन्धानमा ३ सुन पसलले तस्करी गरी बिल बिनाको १ करोड ४२ लाखभन्दा बढी बराबरको सुन कारोबार गरेको पाइएको छ।

विभागले यसरी कारोबार गर्ने ८ जना विरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा समेत दायर गरेको छ। 

तस्करीको सुन खरिदबिक्री गर्नेमा सिद्धि अर्नामेन्ट, माँ दुर्गा ज्वेलर्स र ओम ज्वर्लसका सञ्चालक रहेको आरोपपत्रमा उल्लेख छ। 

बिल बिजक र पैठारी गरेको प्रज्ञापनपत्र समेत नभएको सुन उनीहरुले पसलमा राखेको विभागको अनुसन्धानमा देखिएको छ।

तस्करीमार्फत् भित्र्याइएको सुनको भुक्तानी विभिन्न व्यक्तिका नाममा रकम जम्मा गरेको बैंकभौचर समेत विभागले बरामद गरेको थियो।  सुन खरिद गरे बापत रौतहट बस्ने मनोहर साहलगायतका व्यक्तिहरुको खातामा रकम पठाएको विभागले फेला पारेको थियो। 

विभागले सबै सुन पसललाई बिगो र सो बमोजिम जरिवाना र जनही ३ वर्ष कैद सजायको मागदाबी गरेको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते शनिबार, पुस ५, २०८२
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
चुनाव सारे देश दुर्घटनामा जाने प्रचण्डको चेतावनी, आफूहरुको शक्तिलाई खेलाँची नठान्न चुनौती शनिबार, पुस ५, २०८२
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्