काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले नेपाल आयल निगमको काम कारबाहीबारे गहिरो चासो व्यक्त गरेको छ।
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको पाईपलाईन विस्तारलगायतका योजनाको कार्य प्रगतिबारे चासो लिँदै सो सम्बन्धमा यही १९ गते बिहीबार निगमका पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो।
'पाईपलाईन विस्तार, एलपी ग्याँस र भण्डारण केन्द्र स्थापनाका विषयमा छलफल गर्न बिहीबार निगमका पदाधिकारीहरुलाई बोलाउने निर्णय भएको छ,' समिति सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए।
समितिले बिहीबार नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग औद्योगिक क्षेत्र स्थापनालगायतका विषयमा पनि छलफल गर्ने ऐजन्डा तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।