चितवन- नेपाली कांग्रेसका पुराना नेता दधिराम सापकोटाको निधन भएको छ।
न्यून रक्तचापबाट पीडित ९३ वर्षीय सापकोटाको उपचारका क्रममा शुक्रबार बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो।
कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सापकोटाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिँदै उनको निधनले राष्ट्रलाई र कांग्रेसलाई अतुलनीय क्षति पुगेको बताए।
सापकोटाको श्रीमती, तीन छोरा र दुई छोरी छन्। छोरा केशवभक्त सापकोटा र बुहारी इन्द्रकुमारी सापकोटा कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।