चितवन- निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसीसहित कार्यकर्ता पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थ ओसारपसार लगायतका मुद्दा लगाइएको छ ।
उम्मेदवारी मनोनयनपछिका दिनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताए। निर्वाचन विरोधी गतिविधि बढ्न सक्ने भन्दै सो पार्टीका नेता कार्यकर्तामाथि कडा निगरानी राखिएको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।