काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनयुद्धका क्रममा कोख रित्तिएका र सिन्दुर पुछिएकाप्रति क्षमायाचना गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुझाव दिएका छन्।
समाजिक सञ्जाल ट्विटर र फेसबुकमार्फत शुक्रबार बिहानै उनले आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन्। पुत्र र पुत्री शोकको पीडा असह्य हुने भन्दै उनले प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्न गएको क्षतिमा सहानुभूति दर्शाएका छन्। त्यही किसिमको पीडा अन्य परिवारमा समेत परेको सान्दर्भिकता देखाउदै थापाले जनयुद्धमा मारिने व्यक्तिप्रति क्षमायाचना गर्न सुझाव दिएका छन्।
उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ। शाही शासनका बेला ०६२/६३ को आन्दोलनमा दमन गरेका थापाले यसो भन्न नसुहाउने भन्दै ट्विटर र फेसबुक प्रयोगकर्ताले कुन आधारमा जनतासँग भोट मागेको? भन्दै प्रश्न गरेका छन्।
उनको ट्विट-
पुत्र/पुत्री शोकको पिडा कति असह्य हुन्छ शब्दमा बर्णन गर्न सकिन्न।प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्नगएको क्षतिमा सबैको सहानुभूति रहेको छ।विह्वलको यसघडिमा अन्यथा अर्थ नलाग्ने होभने जनयुद्धको क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना शायद सान्दर्भिक हुनेथियो
— Kamal Thapa (@KTnepal) November 24, 2017
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।