सुरुंगा, झापा- नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका मेची अञ्चल ब्युरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले विस्फोटक पदार्थ (डेटोनेटर) बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रबहादुर बस्नेतका अनुसार वुद्धशान्ति गाउँपालिका– २ स्थित लकान्द्रीको घरमा छापा मार्दा तार जोडिएको अवस्थामा एक थान र बारुद भरिएको अवस्थामा चार थान डेटोनेटर बरामद गरिएको हो।
लकान्द्रीसँगै सो समूहका ९ जना यसअघि नै पक्राउ परेका र उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।