बन्दीपुर- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेल यतिबेला मतदाताहरुको घरदैलोमा छन्।
नेपालकै सुन्दर पर्यटकीय स्थलका रुपमा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाएको बन्दीपुरका मतदातासामु पौडेलले बन्दीपुर बजार क्षेत्रमा रहेको खानेपानी समस्या समाधानका लागि अब गुरुयोजना थालिने बताएका छन्।
तनहुँको पुरानो सदरमुकाम रहेको बन्दीपुरको फोहरमैला व्यवस्थापन र मौलिक घर तथा पुरातात्तिक वस्तुको संरक्षण लगायतका विषयमा आफू निकै गम्भीर रहेको उनको भनाइ छ।
टेलिभिजनका पर्दामा मात्र देखिने वरिष्ठ नेता पौडेललाई आफ्नै घरआँगनामा मत माग्दै आएको देखेर स्थानीयहरु उत्साहित हुदै फूलमालाले स्वागत गरेका थिए।
घरदैलो कार्यक्रमा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा (ख) का उम्मेदवार एवम् कांग्रेसका पूर्व जिल्ला सभापति रघुनाथ पौडेलले बन्दीपुरको विकास र यस क्षेत्रको संरक्षणका लागि आफूहरु लाग्ने प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।