काठमाडौं– नेपाली कांग्रेस अनुशासन समितिले जागरण अभियानका क्रममा पार्टी हितविपरीत अभिव्यक्ति दिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।
अनुशासन समितिको आज बसेको बैठकले नेता तथा कार्यकर्ताले पार्टी हित विपरीत काम कारवाही एवम् अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई आग्रह गरेको हो।
साथै,७७ जिल्लामा कांग्रेस निकट नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघलाई स्थलगत अनुगमन र निरीक्षण गर्न अनुशासन समितिले आग्रह गरेको छ।
बैसाख २५ गतेदेखि कांग्रेसले देशभर जागरण अभियान सुरु गर्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।