धनगढी- विस्फोटक पदार्थ बारुदसहित कैलालीको सत्ती क्षेत्रबाट नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरिएको छ।
भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सीमा क्षेत्रको सत्ती प्रहरी टोलीले करिब १२ किलो बारुदसहित विप्लव समूहका जिल्ला सचिवालय सदस्य जीतबहादुर घर्तीमगर र लक्ष्मण सेठ्ठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरवहादुर बुढामगरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।