डडेल्धुरा– डडेल्धुराका १६ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले निष्कर्ष निकालेको छ।
१ सय ७७ मतदान स्थल र ७७ वटा मतदान केन्द्र रहेको डडेल्धुरामा ३७ मतदान स्थल संवेदनशील र २४ स्थान सामान्य रहेको समितिले निष्कर्ष निकालेको हो।
चुनाव लक्षित सुरक्षा व्यवस्था बलियो बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार जिल्लाका सबै क्षेत्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरीएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।