काठमाडौं– आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।
खेलमा दिल्लीले नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई टिममा राखेको छ। सन्दीपलाई दिल्लीले क्रिस मोरिसको स्थानमा राखेको हो। खेलमा दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्दैछ।
लिगमा दिल्ली ११ खेलबाट १४ अंक जोड्दै तेस्रो स्थानमा छ। बैंग्लोरले ११ खेलबाट ८ अंक छ। बैंग्लोरलाई प्लेअफमा पुग्न आजको खेल जित्नै पर्ने बाध्यता छ। दिल्लीका लागि शीर्ष २ मा रहेर प्लेअफमा पुग्नका लागि आजको खेल महत्वपूर्ण छ।
दिल्ली टिम - पृग्वी शा, शिखर धवन, श्रेयर इयर, रिशव पन्त, शेरफिन रुथरफोर्ड, कोलिन इनग्राम, अक्षर पटेल, कागिसो राबाडा, सन्दीप लामिछाने, अमित मिश्रा, इशान्त शर्मा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।