विराटनगर- उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सुरक्षाका चार वटै संयन्त्रको प्रयोग गरी तोकिएको समयमै स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गच्छदारले सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा निकायलाई सक्रिय बनाई भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराइने उल्लेख गरे।
गच्छदारले देशका केही क्षेत्रमा भएको निर्वाचन विरोधी गतिविधिका कारण निर्वाचनको मिति नसर्ने बताउँदै सरकार शान्ति-सुरक्षा कायम राखी चुनाव गर्न दृढ बताए।
पत्रकारले हालै सरकारले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेकोबारे सोधेको प्रश्नको जवाफमा गच्छदारले शान्ति-सुरक्षालाई ध्यानमा राखी सरकारले कर्मचारीहरुको सरुवा गर्नु सामान्य कुरा भएको उल्लेख गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।