काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा राजन भट्टराईले वाम गठबन्धनले जितेमा मुलुकका सुशासन र समृद्धि हुने बताएका छन्।
बूढानीलकण्ठ नगरपालिका– १ मा आयोजित कोणसभामा नेता भट्टराईले कांग्रेसको नेतृत्वको सरकार हुँदा भ्रष्टाचार बढेको र विकासका काममा अवरोध समेत आएको भन्दै गठबन्धनले देशमा समृद्धि ल्याउने बताए।
उनले भने, 'कांग्रेसका कारण राष्ट्रियता खतरामा पर्ने स्थिति पनि भएकाले अब वाम गठबन्धनबाट राष्ट्रियताको संरक्षण हुन्छ।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।