काठमाडाैं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको छ।
सोमबारदेखि सुरु हुने बजेट अधिवेशनमा प्रतिपक्षी दलको भूमिकाका विषयमा छलफल हुने कांग्रेस सांसद पुष्पा भुसाले जानकारी गराइन्।
बजेट अधिवेसनलाई वर्षे अधिवेशनका रुपमा पनि बुझिन्छ। बैठक दिउँसो ३ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।