जनकपुर– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेसले अधिकार नपाएसम्म आन्दोलन जारी रहने बताएका छन्।
धनुषाको नगराइन नगरपालिकामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतोले राज्यले मधेस र मधेसी जनताको आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी मधेसवादी दलको काँधमा आएको बताए।
नेता महतोले मधेसीको अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मधेसवादी दलकै पक्षमा मतदान गर्न सभामा आह्वान गरे।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता महतोले मधेसीलाई अधिकारसम्पन्न बनाउन राजपाको जित आवश्यक रहेको जिकिर गरे।
धनुषा ३ मा आफ्ना प्रतिस्पर्धी कांग्रेस नेता विमलेन्द्र निधिप्रति लक्षित गर्दै महतोले कांग्रेस सधैं सत्तामा रहे पनि जनकपुरमा उद्योग, सम्पदा स्थल र सडकको दुरावस्था रहेको आरोप लगाए।
‘राजपा जितेर गए मधेसका सबै मुद्दाको सम्बोधन हुनेछ’, महतोले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।