बुटवल- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षभित्रै जनताको सरकार कस्तो हुन्छ भन्ने प्रमाणित गर्ने बताएका छन्।
बुटवलमा बुधबार चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशले अहिलेसम्म स्थिर सरकार नपाएको उल्लेख गर्दै आगामी पाँच वर्ष देशले वामपन्थीको स्थिर सरकार पाउने दाबी गरे।
उनले भने, ‘५ वर्षभित्र जनताको सरकार कस्तो हुन्छ, देखाउँछौं। जनताले अबको ५ वर्ष काम गर्ने सरकार, भिजन भएको सरकार देख्न पाउनेछन्।’
पहाड र मधेसका नाममा देशभित्र अन्तरविरोध फैलाउने काम भइरहेको बताउँदै ओलीले नेपाल विदेशीहरुको प्रयोगशाला भइरहेको उल्लेख गरे। भने, ‘द्वन्द फैलाएर, द्वन्द्वको उद्योग खोलेर, द्वन्द्वको व्यवस्थापनको नाममा विदेशीले नेपाललाई प्रयोगशाला बनाइरहेका छन्।’
वाम गठबन्धनले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।