रसुवा- निर्वाचनको समय नजिकिँदै गर्दा रसुवाको मतदान केन्द्रमा कर्मचारी जान सुरु गरेका छन्। जिल्ला निर्वाचन कार्यालय रसुवाले जिल्लाको लाङटाङ, यार्सा, सरमथली, थुमन, हाकु लगायतका मतदान केन्द्रमा मंगलबार मतदान सामग्रीसहित कर्मचारी पठाएको हो।
जिल्ला निर्वाचन अधिकारी नबिन खालिङका अनुसार जिल्लाका दुर्गम गाँउमा पुग्न दुई दिनसम्म लाग्ने र ७ गते साँझसम्ममा प्रत्येक मतदान केन्द्रमf कर्मचारी पुगिसक्नुपर्ने भएकाले मंगलबारदेखि नै कर्मचारीलाई केन्द्रमा खटाइएको हो। सामग्री पठाउन बाँकी रहेका मतदान केन्द्रका मतदान सामग्रीसहित कर्मचारी बुधबार पठाउने गरी कार्ययोजना बनाइएको खालिङले बताए।
मतदान सामग्री र कर्मचारीको साथमा सुरक्षाकर्मीसमेत सँगै परिचालन गरिएको छ। रसुवामा निर्वाचनका लागि २५६ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ३४ मतदानस्थल र ४५ ओटा मतदान केन्द्र रहेको रसुवामा ३२ हजार ३ सय २३ जना मतदाता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।