चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले विकास र समृद्धिको संकल्प गरेर चितवनमा आएको बताएका छन्।
भरतपुर महानगरपालिका-१० का टोलवासीले आज बिहान आयोजना गरेको प्रचण्ड-पुत्र प्रकाशको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको आफ्नो लक्ष्य नै विकास भएको बताए।
१० वर्ष विचार र परिवर्तनको लडाइँमै बितेकाले आफूले अबको १० वर्ष विकास र समृद्धिमा बिताउने संकल्प गरेको उनको भनाइ छ।
निकै भावुक मुद्रामा रहेका प्रचण्डले सामाजिक न्याय र समानताका निम्ति नै चितवन आएको स्पष्ट पारे। '१० वर्ष युद्ध लडेँ। अबको १० वर्ष विकासमा लाग्छु,' उनले भने, 'यो संकल्प पूरा गर्न आम चितवनवासीको हृद्धयदेखि सहयोग हुने अपेक्षा समेत लिएको छु।'
पुत्रशोकको अवस्था सबैबाट प्राप्त समवेदना, साहनुभूतिका लागि उनले धन्यवाद प्रकट गरे।
वाम गठबन्धनले हिजो भरतपुरमा आयोजना गरेको चुनावीसभामा सहभागी हुन उनी चितवन आएका हुन्। उनका साथमा पत्नी सीता, बुहारी बिनासमेत छन्।
भिडियो-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।