चितवन- जनवादी गायक खुसीराम पाख्रिनको हृदयाघातका कारण निधन भएको छ।
भरतपुरमा आयोजित वाम गठबन्धनको चुनावी सभामा सहभागी उनी सभास्थलमै एक्कासी ढलेका थिए।
कार्यक्रममा स्वागत गीत गाइसकेर स्टेजबाट तल ओर्लिनासाथै उनलाई हृदयाघात भएर भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निकट समीर दाहालले बताए।
चुनावी सभा सकिए लगत्तै अध्यक्ष दाहाल चितवनको रामपुरस्थित पार्खिनको निवास जाँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।