काठमाडौं– रत्नपार्कमा बरामद भएको सुन तस्करी गिरोहमा संलग्न थप एक पक्राउ परेका छन्। प्रहरीले सोमबार राति नै बौद्धबाट सेराब गुरुङलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले तीन किलो तस्करीको सुनसहित सोमबार दिउँसो न्युरोडस्थित मनकामना ज्वेलर्सका सञ्चालक सुदम शाक्य र उनका दुई कर्मचारीलाई पक्राउ गरेको थियो।
बा.३२ प ५६६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोहन महर्जन र आयुष बज्राचार्यलाई सुनसहित सोमबार दिउँसो पक्राउ गरेको थियो। उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा सुन पसले पनि पक्राउ परेका हुन्।
कमलपोखरीबाट मोटरसाइकलमा पसलमा लिएर जाँदै गर्दा उनीहरु समातिएका थिए। उक्त सुन एक तिब्बतीले गुरुङलाई दिएर पठाएका थिए।
तिब्बती भने फरार छन्। प्रहरीले उनीहरुविरुद्ध संगठित अपराध मुद्दामा कारबाही गर्न सक्ने भए पनि थप अनुसन्धान गरी राजस्व अनुसन्धान विभागमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।