काठमाडौं– निर्वाचनको मुखमा सरकारले केही प्रमुख जिल्ला अधिकारी र प्रहरी इन्चार्जहरुको सरुवा गरेको छ। गृहले चार जिल्लाको सिडिओ हेरफेर गरेको हो।
सोलुखुम्बुका सिडिओ भूपेन्द्र थापालाई तीन महिनामै हटाइएको छ। उनलाई हटाएर गृहका उपसचिव सूर्य खनाललाई पठाइएको छ।
त्यस्तै रसुवा र नुवाकोटका सिडिओ पनि सरुवा गरिएको छ। रसुवामा चोमेन्द्र न्यौपाने तथा नुवाकोटमा गृहका सहसचिव वीरेन्द्र कुमार यादवलाई पठाइएको छ। रसुवाकी हरिदेवी पौडेललाई अध्यागमन विभाग तथा नुवाकोटका सिडिओ जगदिश बराललाई प्रहरी किताबखानामा सरुवा गरिएको छ। त्यस्तै डोटीमा सूर्य खत्रीलाई पठाइएको छ।
प्रहरी प्रधान कार्यालयले नुवाकोटका एसपी पनि सरुवा गरेको छ।
एसपी वीरेन्द्र वस्याललाई हटाएर बसन्त कुँवरलाई पठाइएको छ। शान्ति सुरक्षा कायम गर्न नसकेको आरोपमा वस्याललाई हटाइएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।