कैलाली– धनगढीबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सेती ब्युरो सदस्य डबल शाह पक्राउ परेका छन्। उनलाई धनगढीको हसनपुरबाट पक्राउ गरिएको कैलालीका एसपी आभुषण तिमल्सिनाले पुष्टि गरे।
उनी सेती ब्युरो सदस्य तथा कार्यालय सचिवसमेत रहेको प्रहरीले जनाएको छ। उनी पूर्वसभासद् पनि हुन्। उनी बाजुराबाट निर्वाचित भएका थिए।
सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै उसका नेता-कार्यकतालाई प्रहरीले पक्राउ गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।