काठमाडौं- सर्वोच्च अदालत परिसरमा बम भएको हल्ला फैलिएपछि सबै इजलास स्थगित गरिएको छ।
बिहान अज्ञात व्यक्तिले बम राखेको सूचना दिएपछि मुद्दा सुनुवाई स्थगित गरिएको प्रवक्ता नारायण पन्थीले नेपाल लाइभलाई बताए।
अज्ञात व्यक्तिले फोन गरेर सर्वोच्च परिसरमा तीन ठाउँमा बम राखिएको खबर गरेका थिए।
न्यायाधीश प्रकाश राउतले भने, 'हामी इजलास सुरु गर्न आएका थियौं। एक्कासि बम राखिएको हल्ला आएपछि हामी बाहिर निस्केका छौं।'
सुरक्षाकर्मीले सबैलाई बाहिर निकालेर सर्वोच्च परिसर खाली गराइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।