उर्लाबारी- निर्वाचन विरुद्ध गतिविधि गरेको अभियोगमा मोरङका विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता-कार्यकर्तालाई पक्राउ गरिएको छ।
सो पार्टीका मोरङ इञ्चार्ज पुस्कर श्रेष्ठ, क्षेत्रीय इञ्चार्ज डिल्ली नेपाली तथा कार्यकर्ताहरु जगत मगर, प्रकाश घिमिरे र गोविन्द कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए।
निर्वाचनको विरुद्धमा भित्तेलेखन गर्ने, मतदाता भड्काउने र तर्साउने लगायत गतिविधिमा संलग्न हुन थालेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए।
पक्राउ परेकाहरुको विरुद्धमा मंगलबार सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।