काठमाडौं– समाचार संकलनका क्रममा पक्राउ परेका पत्रकार दिपेश शाहीलाई तत्काल रिहा गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनको समाचार संकलन गर्ने क्रममा गत आइतबार नर्भिक अस्पताल पुगेका शाहीलाई प्रहरीले पक्राउ गरेको थियो। पत्रकार शाही मध्याह्न दैनिकका वरिष्ठ संवाददाता हुन्।
महासंघले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि प्रहरीको धरपकड र पक्राउको घटनामा गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ गरिएका पत्रकार शाहीलाई तत्काल बिनाशर्त रिहा गर्न महासंघ जोडदार माग गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।