तस्बिर : जिता गुरुङ
काठमाडाैं- सिरहामा एक युवतीमाथि मट्टितेल छर्किएर जिउँदै जलाएर हत्या गर्ने प्रयास भएकाे छ। सिरहा नगरपालिका-८ की २१ वर्षीय कन्चन मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन्।
कन्चनकाे शरीरकाे ५० प्रतिशत माग जलेकाे बताइएकाे छ। जलिरहेकाे अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे थियाे। तर, अस्पतालले उपचार सम्भव नभएकाे जनाएपछि राति पाैने २ बजे उनलाई काठमाडाैं ल्याइएकाे एक छिमकीले बताए।
श्रीमतीलाई जिउँदै जलाउन खाेज्ने पति बेचन मण्डल फरार छन् भने कन्चनकी सासूलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।
यसअघि गएकाे बैसाख ५ गते धनुषाको शहिदनगर नगरपालिका-१, पुरवारी टोल चिरैयाकी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए।
तराई क्षेत्रमा दाइजाे नल्याएकाे तथा कम ल्याएकाे भन्दै महिलामाथि गम्भीर प्रकृतिका हिंसा हुने गरेका छन्।
कन्चनको अहिले सुस्मा कोइराला मेमोरिलय अस्पताल भक्तपुरमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।