रसुवा – हिमाली गाउँ लाङटाङमा कुनै पनि उम्मेदवारले अहिलेसम्म मत माग्न पुगेका छैनन्।
मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मत माग्न कुनै पनि दलका उम्मेदवार यहाँ पुग्न नसकेको स्थानीय मतदाता पेम्बा लामाले बताए।
दुई दिनको उकालो हिड्न परेपछि मत माग्न यहाँ नआएको भएपनि टेलिफोनमार्फत उनीहरुको अगुवा कार्यकर्तासँग कुराकानी भइरहेको उनले बताए।
समुद्री सतहदेखि तीन हजार ६०० उचाइमा बसोबास गर्ने यहाँका २९२ मतदाताले दलगत रुपमा सबैलाई सम्मानजनक मतदान गर्ने बताइएको छ।
हिमाली जिल्लामा बस्ने जनताको दुःख, सुख बुझ्नका लागि उम्मेदवारलाई लाङटाङ आउन त्यहाँका मतदाताले आग्रह गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।