काठमाडौं– नेपाल वायुसेवा निगमको व्यवस्थापनकै कारण पाइलट तालिमका नाममा एक करोडभन्दा बढी रकम डुबेको छ।
निगमले एमए६० उडानमा को–पाइलटको भूमिकामा रहेका दुई को–पाइलटलाई ए ३३०को को–पाइलटको तालिममा पठाउँदा १ करोड रुपैयाँ डुबेको हो।
निगमले गत अप्रिल १४ मा ए३३० वाइडबडीको को–पाइलट तालिमका लागि पठाएका दुई पाइलटको तालिम रद्द हुने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्र काटेपछि १ करोड रुपैयाँ डुब्ने निश्चित भएको हो।
निगमले एमए ६० जहाजको को–पाइलट सुनिल श्रेष्ठ र जिवेश लामालाई तालिममा पठाएको थियो। तर, प्राधिकरणले दुवै जनाको तालिम रद्द हुने भन्दै अप्रिल १९ मा पत्र काटेको छ।
तालिम रद्द हुने भन्दै पत्र काटे पनि निगम व्यवस्थापनले अप्रिल २५ सम्म पनि दुई जनालाई सिंगापुरबाट फिर्ता बोलाएको छैन।
यसरी दुई को–पाइलटलाई तालिममा पठाउँदा निगमको प्रतिव्यक्ति ५० हजार डलरका दरले खर्च हुन्छ।
ऋणको किस्तासमेत तिर्न नसकेको नेपाल एयरलाइन्सलको पछिल्लो समय अनावश्यक काममा रकम खर्च गर्ने प्रवृत्ति बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।