काठमाडौं– सातामा कारोबारको अन्तिम दिन सेयर कारोबारमा दोहोरो अंकले वृद्धि भएसँगै कारोबार रकममा पनि अस्वाभाविक वृद्धि देखिएको छ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ८३ प्रतिशतले बढेर १ हजार २ सय ९२ दशलमव १२ अंक कायम हुँदा कारोबार रकम १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ बराबर देखिएको छ।
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको १८ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी, बढी कारोबार हुने कम्पनीहरुमा नेपाल एनसीसी बैंकको ७ करोड ३० लाख रुपैयाँ बराबर कारोबार भएको देखिन्छ।
बिहीबारकोे कारोबारमा सबैभन्दा धेरै कमाउनेमा एभरेस्ट इन्स्यौरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलब ८४ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा तारागाउँ होटेल रिजेन्सीका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलब ३० प्रतिशतका दरले गुमाएका छन्।
आज सबै समुहको उपसुचक हरियो देखिएको छ।
सबैभन्दा धेरै जीवन बीमा समुहको उपसुचक ८९ दशमलव ९१ अंकले बढेको छ।
त्यसैगरी निर्जीवन बीमा समुहको उपसुचक ७४ दशमलव ८४ अंकले, उत्पादन समुहको उपसुचक २२ दशमलव ९ अंकले, बैंकिङ समुहको उपसुचक १० दशमलव शुन्य ९ अंकले र लघुवित्त समुहको उपसुचक १० दशमलव ३९ अंकले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।