• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

केटीका बाउसँग एउटा अन्तर्वार्ता

64x64
नेपाल लाइभ सोमबार, मंसिर ४, २०७४  १२:५४
1140x725

मंसिर १ गते मैले फेसबुकमा एउटा तस्बिर पोस्ट गरेको थिएँ। तस्बिरमाथि प्रश्न गरेको थिएँ, 'म किन मक्ख पर्‍या होला?'

झन्डै सय जना शुभचिन्तक, साथी र आफन्तले कमेन्ट गर्नुभयो। त्यसमा ८० जनाले 'मंसिर आएका कारण खुसी भएको' लेख्नुभएको छ।

अविवाहितले यस्तै अनेक प्रश्न र शुभेच्छा झेल्नुपर्छ यो महिना।

– यो जाडोमा त दुई हुने होला नि? साथीभाइबीच ठट्टा हुन्छ।

– यो मंसिर त मनाउनुपर्ने! आमाबाको घुमाउरो प्रस्ताव आउँछ।

– खोइ भोज खान पाइएन? छिमेकी चासो प्रकट गर्छन्।

महिलाका बारेमा कुनै प्रसंग निस्कँदा अफिसका सहकर्मीसँग केही तर्क गर्‍यो, सिधै झटारो आउँछ, 'कति न महिलाबारे जानकार भएजस्तो। अझसम्म 'आफ्नै' एउटा श्रीमती बनाउन सक्या छैन।'

यस्तै ठट्टा र यस्तै आशय दोहोरिरहेका छन् केही वर्षदेखि। र, मसँग एउटै उत्तर छ– ङिच्च दाँत देखाएर फिस्स हाँस्यो।

Ncell 2
Ncell 2
nimb
nimb

अस्ति तरकारी पसले दिदीले समेत सोधिन्, 'भाइ कति आफैं सब्जी किन्छौ? कहिलेकाहीँ दुलहीलाई पठाए हुन्छ नि।'

'दुलही माइतै छिन्,' मैले लामो संवाद गर्न चाहिनँ।

'त्यही भएर पो यतातिर देख्दिनँ। कति माइत बस्न दिएको, बोलाए भै'गो नि,' उनले सुझाइन्।

'यत्तिकै बोलाएर आउन्नन्। डोली लिएर जानुपर्नेछ। साइत जुर्याा छैन। अझ उनको माइती कतातिर हो? त्यो पनि पत्तो लाउन सक्या छैन,' घुमाउरो उत्तर दिएँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'ए... सिंगल पो?' उनले कुनै अपराधीलाई हेरे जस्तो गरी हेरिन्।

म ङिच्च हाँसे। जसरी अरू बेला यस्तै सन्दर्भमा हाँस्ने गर्थें।

'केको ङिच्च गर्‍या? उमेरमा यसरी दाँत देखाउँदै हिँड, पछि त्यै पनि फुक्लेर देखाउन नमिल्ने होला।' यो उनको सुझाव थियो या चेतावनी या ठट्टा? मैले भेउ पाइनँ। पाउने प्रयत्न पनि गरिनँ।

एक मुठा साग लिएर हिँडेँ।

मंसिर लाग्यो कि जहाँ पुगे पनि कुरो यता घुमायो, उता घुमायो, विवाहमा आएर जोडिन्छ। आफूलाई यसप्रति पटक्कै चासो नभएको भने होइन। तर, आफ्नै योजना छ। जुन न सबैलाई सुनाउँदै हिँड्न जरुरी छ, न सुनेर नै उनीहरूलाई केही हुनेवाला छ।

यतिसम्म सहिएकै थिइयो। हुँदाहुँदा आवतजावत भइरहने केटी साथीको घरसमेत जान नहुने भएछ।

अघिल्लो मंसिरको कुरा हो। बेलुकीपख बानेश्वरमा रहेको अफिसबाट घर हिँडिरहेको थिएँ। सँगै कलेज पढेकी साथीको आमाछोरीसँग बाटोमा भेट भयो। सँगै पढ्दा हाम्रो मिल्ने ग्रुपकै एक सदस्य भएकीले ती साथीकी आमाले पनि चिन्थिन्। कलेज ओहोरदोहोर गर्दा कति समय आमाको हातको चिया र खाना खाएर पनि हिँडिएको थियो। लामै समयपछि भेट भयो। भलाकुसारी भयो।

कुरो बिहेमै आएर जोड्नुभयो, 'बाबु, बिहे गर्‍यौ?

'छैन।'

'ढिलो हुन लाग्यो, गरिहाल,' यो सुझावात्मक धम्की थियो वा धम्कीपूर्ण सुझाव?

उहाँले सँगै भोलिपल्ट बिहानको खाना खान आउन कर गर्नुभयो। नाइँनास्ती गरिएन।

भोलिपल्ट गइयो।

एउटा कोट लाउन साइत कुर्नु पर्दैन। सधैंको जस्तै ड्रेसअप थियो। घरमा गएँ। साथीको बुबा बैठककोठामा पत्रिका पढ्दै हुनुहुन्थ्यो। गएर नमस्कार गरेँ, चिनापर्ची गरेँ। बूढाले ज्यानलाई तलदेखि माथिसम्म घुरेर हेरे। अलि असहज भए पनि मुस्कुराएर बसेँ। बूढा पत्रिकामै व्यस्त भए। म मोबाइल खेलाउन थालेँ। ममीले चिया ल्याउनुभयो। फेरि 'छोरीको साथी' भनेर चिनजान गराइदिनु भो। बूढाले वास्तै गरेनन्। मलाई बूढा 'ठिस' रहेछन् भन्ने लाग्यो।

पत्रिका पढिसकेपछि बूढाले मसँग बोल्ने जाँगर चलाए। जागिरका लागि अन्तर्वार्ता लिएजस्तो गरेर घर, गाउँ, पढाइ, जागिर, कमाइ सबै सोधे। जागिरमा आएर अलि बढी नै अडि्कए।

'अनि कति छ तलब?' बूढाले ठाडै सोधे। यो भलाद्मी प्रकृतिको सोधाइ थिएन। किनभने, मेरो तलबको साइज ठ्याक्कै यति रकम पनि कसरी भन्नु? 'फाइभ डिजिट'को अंक न हो, मेरो तलब। महिनामा 'सिक्स डिजिट' अर्थात् लाखमाथि आम्दानी नहुनेहरु यो सहरमा सजिलो गरी बाँच्नै सक्ने अवस्था छैन। 

बूढालाई भनिदिएँ, 'खान-बस्न पुग्नेछ।'

'एक्लैलाई कि परिवारलाई?' उनको सवाल-शृंखला लम्बियो।

– मसँग भाइ छ। उसलाई र मलाई खान, बस्न र पढ्न पुग्या छ।

– अरू केही व्यापारस्यापार सोच्या त छैनौ नि?

– अहिलेसम्म छैन। बिस्तारै सोचौंला।

प्रश्नको ढुकुटी रित्तिएछ। बूढा केही बोलेनन्। फेरि पत्रिकातिरै दोहोर्‍याएर हेरे।

लामो मौनतापछि सोधे, 'घर, गाडी केहीको व्यवस्था भइसक्यो कि?'

मलाई झनक्क रिस उठ्यो। रिस त खाना खान बोलाएर मेरो टाउको खाइरहेकोमा पहिल्यै उठेको थियो। घर, गाडीसम्मै सोध्न थालेपछि भाउन्न भयो। एक छाक खाना खान आउनेको घर होस् कि नहोस्? गाडी चढोस् कि साइकल, के मतलब? भन्ने मनमा लागिरह्यो। तर, केही बोलिनँ।

'घर, गाडी नभएर त कसरी हुन्छ?' फेरि बूढा बोले।

मेरो पारो चढिसकेको थियो। आफूलाई रोक्ने अवस्थामा थिइनँ। साथीको बाउ भएकाले कडा जवाफ पनि दिन सकिरहेको थिइनँ।

'घर होइन, बुबा, म त एकैचोटि निवासमा बस्ने। गाडी चढ्ने होइन, सवारी गर्ने योजना पो छ त मेरो,' मैले प्रश्नको अन्त्य गर्ने विचार गरेँ। यसको प्रतिक्रिया मैले पहिल्यै अपेक्षा जे गरेको थिएँ। त्यस्तै आयो। 

बूढा एकैचोटि ताते, 'वाहियात कुरा गर्ने? तिमी तुरुन्त गइहाल याँ'बाट।'

मलाई के गरौं,  के नगरौं भो। खाना खान जसले बोलाए पनि घर त बूढाकै थियो। म पनि निस्किनु नै बेस ठानेर निस्किदिएँ।

घरबाट अलि परै पुगेपछि मेरी ती साथीलाई म्यासेज गरेँ, 'मेरो त अपर्झट अफिसमा काम पर्योि, अफिस हिँडेको। अर्कोचोटि खाना खाउँला है।'

उनले त्यसो नगरेको भए हुने भनेर म्यासेज गरिन्। सकेसम्म काम सकेर फर्किन आग्रह गरिन्। नभनेरै हिँडेकोमा चित्त दुखेको बताइन्।

खाना खान बोलाएर अपमानित भएकोमा चित्त मैले दुखाउनुपर्ने थियो। तर, मलाई त्यतातिर खास वास्ता भएन। कोहीकोही यस्तै ठिस हुन्छन् भन्ने ठानेर चित्त बुझाइदिएँ। चित्त बुझाउनुबाहेक अर्को विकल्प उपलब्ध पनि त थिएन।

कुरो यहीँ सकिएन। बूढाले तुरुन्तै छोरीलाई हप्काउन भ्याएछन्, 'यस्तो उल्टोसुल्टो कुरा गर्नेलाई मसँग भेटाउने? तँलाई त एकैचोटि निवासमा राख्ने र सवारी गराउने रे!' जति सकिन्थ्यो त्यति भिलेनका रूपमा मलाई छोरीसमक्ष प्रस्तुत गरेछन्।

ती साथीले सोधिछन्, 'मलाई किन निवासमा राख्छ उसले र सवारी गराउँछ?'

बूढाले फेरि सोधेछन्, 'मैले विवाहका लागि लायकको केटो खोजिदिँदा मेरो ब्वाइफ्रेन्ड छ भनेको होइन। त्यही केटो होइन यो?'

आफूले भेटाउन खोजेको केटा अर्थात् ब्वाइफ्रेन्ड जापानबाट नेपाल आइनसकेको र म उसको मिल्ने साथी मात्रै भएको अवगत गराइछन् उनले।

ती साथीका अनुसार बूढाले गल्ती महसुस गरेका छन्।

हाम्रो राम्रो सम्बन्धमा मंसिर र विवाहको कुरा यसरी पनि भिलेन भयो।

झुक्किएर भए पनि केटीका लागि पहिलोपल्ट अन्तर्वार्ता दिइयो। अन्तर्वार्ताबाटै आउट भइयो। यसले मलार्इ एउटा फाइदा गरेको छ। भविष्यमा केटीका लागि अन्तर्वार्ता दिन गइयो भने पास हुने तरिका जानेर फर्केको छु। यस्ता खालका अन्तर्वार्तामा पास हुने हो भने उत्तर सही होइन, गलत दिनुपर्ने रहेछ। गलत उत्तर भनेको आफ्नो कमाइ, हैसियत, योजना सबै ढाँट्ने। किनभने दिनदिनै श्रीमती कुट्नेले पनि छोरी त ज्वाइँले रानी बनाएर राखोस् भन्ने चाहना गर्ने समाज जो हो यो।

सायद संसारमा यही एउटा परीक्षा त होला, जहाँ गलत उत्तर दिए पास  हुने सम्भावना धेरै हुन्छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०७४  १२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्