लन्डन (एजेन्सी)– मानिसहरुमा एउटा आम धारणा छ, महिलाहरु राम्रो चालक बन्नै सक्दैनन्। तर, नर्वेमा भएको एउटा शोधले यो मान्यतालाई गलत सावित गरेको छ। नयाँ अध्ययन अनुसार महिलाले गाडी चलाउँदा पुरुषभन्दा कम विचलन हुने गरेको तथ्य बाहिर आएको छ।
अनुसन्धानकर्ताले युवा, बहिर्मुखी वा छिटै उत्तेजित हुने व्यक्तिले गाडी चलाउँदा ध्यान अन्यत्र जान सक्ने सम्भावना बढी हुने गरेको बताएका छन्। नर्वेको इन्स्टिच्युट अफ इकोनोमिक्सको ओले जोन्सन विद्यालयले महिला तथा पुरुषमा गरेको वृहत सर्वेक्षणले यस्तो तथ्य उजागर गरेको हो।
सर्वेक्षणमा विभिन्न कुरालाई समावेश गरिएको थियो। जसमा कति कुरा र कुन अन्तरमा मानिसहरु विचलन हुन्छन, त्यसलाई पनि विस्तारमा अध्ययन गरिएको थियो। फ्रन्टियर्स अफ फिजियोलोजी जर्नलमा प्रकाशित शोधमा भनिएको छ, ‘युवकहरुमा विचलन हुने समस्या अत्याधिक रहन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।