• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वैदेशिक रोजगार विभाग : ढिलासुस्तीले सेवाग्राहीलाई सास्ती, भएन पीडितमैत्री

64x64
नेपाल लाइभ बुधबार, वैशाख ११, २०७६  ०६:१०
1140x725

काठमाडौं- रोजगारीका लागि कतार पुगेका बाँके कोहलपुरका यमबहादुर खत्री, कोहलपुरकै सन्दीप खत्री र तुलाराम खड्का तिनै जना काम गर्नका लागि कतार पुगेका थिए। तर काम नपाएर अलपत्र परेपछि नेपालबाट गएको १५ दिनमै कतारस्थित नेपाली दूतावासको समन्वयमा नेपाल फर्किए। 

जुगल म्यानपावर कम्पनीमार्फत् लेबर काम गर्न प्रतिव्यक्ति २ लाख रकम बुझाएर कतार पुगेका उनीहरुले काम नपाएपछि म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा आइतबार उजुरी दिए।

उनीहरूको उजुरी दर्ता भयो। 'भोलि आउनुस्' भनेर विभागले पठायो। भोलिपल्ट अर्थात् सोमबार उनीहरू तीनै जना विभाग पुगे। 

दिउँसो १ बजे वैदेशिक रोजगार विभाग पुगेका उनीहरुलाई उजुरी हेर्ने कर्मचारी खाजा खान गएको भनियो र साढे दुई बजेसम्म कुराइयो। 

तीनैजना साढे दुई बजे विभागको राहत, उद्धार तथा समन्वय शाखा कोठा नं १२ मा उभिइरहेका भेटिए। 

सो शाखामा जिम्मेवारी सम्हाल्दै आएकी रहिछन् एक जना महिला कर्मचारी। ती कर्मचारी खाजा खाएर ढिलो गरी कार्यकक्ष प्रवेश गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आइतबार उनीहरुको उजुरी दर्ता भएपछि पाएको स्लिप लिएर उनीहरु विभागमा आएका थिए। विभागमा सेवाग्राहीहरुको निकै भिड थियो।

उनीहरुले त्यो स्लिप देखाएर तीनमध्ये एक पीडितले भने, 'म्याडम हिजो हामीलाई भोलि आउनुस् भन्नुभएको थियो, अब के गर्नुपर्छ हेर्दिनुस् न! 

उनले कागज हेरिन् र भनिन्, ‘तपाईहरुको आज काम हुँदैन जानुस्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'हामी कहिले आउने त म्याम?' सन्दीप खड्काले प्रश्न गरे। 

‘१५ दिनपछि पनि कुन्नी, यो मेरो काम होइन। नयाँ कर्मचारी आएपछि आउनुस्,’ उनले सिधै जवाफ फर्काइन्।

ती कर्मचारीले थपिन्, 'मेरो काम त पर्दैन यो। मेरो इजाजत पत्र नं ४०० देखि ८०० सम्म मात्रै हो। त्यो भित्र तपाइँहरुको इजाजत पत्र नम्बर पर्दैन। तपाइँहरुको काम त्यहाँ हुन्छ भन्दै अर्को खाली कुर्सीतिर देखाइन्। 

उनले देखाएको कुर्सीको नजिकै रहेको दराजमा इजाजत पत्र नं ८०० देखि १२०० सम्म भनेर टाँसिएको थियो।

राहत, उद्धार तथा समन्वय शाखामा इजाजत पत्र नं १ देखि ४००, ४०१ देखि ८००, ८०१ देखि १२०० र १२०१ देखि १५२७ सम्म लेखिएका ४ वटा कुर्सीहरु छन्। त्यसमध्ये ३ वटा कुर्सी खाली छन्।

इजाजत पत्र नम्बर ४०१ देखि ८०० सम्मको मात्रै काम भइरहेको छ। 

ती कर्मचारीको ठाडो जवाफले युवाहरु निन्याउरो मुख लगाएर बाहिरसम्म आए। फेरि के सम्झिए, भित्र पसे।

‘हामी कतारबाट अलपत्र परेर आएको काठमाडौंमा १५ दिनसम्म बसेर खाने पैसा पनि छैन। अलपत्र छौँ, के खाने कहाँ बस्ने बिजोग छ, मिल्छ भने आजै हेरिदिनुस् न’ उनीहरुले पीडा पोखे। 

युवाहरुको धेरै अनुरोध पछि बल्ल भनिन्, ‘आजको काम चाहिँ गरिदिन्छु। जानुस् हिजो उजुरी दिएको सुब्बा साबलाई खोज्न लगाउनुस्।’ 

नजिकै उजुरीको चाङले भरिएको एउटा ठूलो फाइल निकालेर उनले पठाइन्। 

उनीहरुले दिएको उजुरी फाइलमा खोज्न विभागका एक सुब्बालाई झन्डै एक घन्टा समय लागेको थियो।

त्यो फाइलभित्र जुगल म्यानपावरविरुद्ध ती तिन जना युवाहरुको उजुरी भेटिएन। कता हरायो ती सुब्बाले जताततै खोजे। अर्को फाइल पनि पल्टाए भेटेनन्। तेस्रो फाइल पल्टाएर बल्लबल्ल उजुरी फेला पारे। 

अझ ती सुब्बा पदका कर्मचारीले सेवाग्राहीलाई नै भने, ‘तपाईंहरुले त मलाई लास्टै दुख दिनुभयो।’

सोमबार जुगल म्यानपावर कम्पनीका लागि ७ दिन भित्र विभागसम्म उपस्थित हुनका लागि पत्र काटियो। 

तर ती सेवाग्राहीलाई विभागका एक कर्मचारीले भने, ‘तपाईको काम नयाँ कर्मचारी आएपछि मात्रै हुन्छ है, फेरि ७ दिनको पत्र काटेको भन्दै एकहप्तामै नआउनु नि आज मात्र गरिदिएको।’ 

विभागमा कर्मचारीको अभावमा धेरै सेवाग्राही रित्तै फर्कनुपर्ने समस्या त छँदैछ, त्यसमाथि पनि विभागमा भएका कर्मचारीले काममा ढिलासुस्ती गरिदिँदा ५ मिनेटको काम दुई/तीन घन्टा कुर्नुपर्ने र दिनदिनै जसो धाउनुपर्ने समस्या रहेको सेवाग्राहीहरुको गुनासो छ। 

विभागको सेवा पीडकमुखी : सेवाग्राही
वैदेशिक रोजगार विभागको दोस्रो तल्ला राहत उद्धार तथा समन्वय शाखा कोठा नं १२ मा दिउँसो साढे १ बजे भेटिएका दाङ, तुल्सीपुर-७ का जितेन्द्र महत्रा क्षेत्री विभाग धाएको २० दिनभन्दा बढी भयो। 

‘धाउँदा धाउँदा दिक्क भइसक्यो, पीडितको सहयोगका लागि विभाग भन्ने सोचेर आएको म्यानपावरकै लागि विभाग खुलेको हो कि जस्तो पो लाग्न थाल्यो। जसको पावर छ, उतै फर्कँदो रहेछ विभाग,’क्षेत्रीले भने। 

रोजगारीका लागि जापान पठाइदिने भन्दै दीपज्योति ओभरसिज प्रालिले क्षेत्रीसहित ६ जना युवाहरुबाट १ लाखभन्दा बढी रकम असुलेको र एक वर्षसम्म जापान नपठाएको भन्दै म्यानपावरले असुल गरेको रकम फिर्ता दिलाईदिन भन्दै उनीहरु विभाग आएका थिए। 

उजुरी दर्ता गराएपछि विभागले ७ दिनको म्याद भएको पत्र म्यानपावर कम्पनीलाई काट्यो। ७ दिनमा विभागले कुनै प्रतिक्रिया नपाएपछि पुनः ३ दिनको पत्र काटियो। त्यसमा पनि कुनै प्रतिकृया म्यानपावरबाट आएन। 

२४ घण्टे पत्र काट्ने दिन म्यानपावर कम्पनी विभागमा आयो। ‘हामी पीडितसँग मिल्छौँ, २४ घण्टे पत्र नकाट्नुस् भनेर म्यानपावर सञ्चालकले भनेका भरमा कानुनी प्रक्रियामा विभाग अघि बढेन। हामी पीडित हेरेको हेरै भयौँ,’क्षेत्रीले भने। 

विभागबाट अपेक्षाअनुसार सेवा पाउन नसकेको गुनासो धेरै सेवाग्राहीबाट सुनिन थालेको छ। 

वैदेशिक रोजगारका क्रममा ठगिएर पीडा लिएर सहायताका लागि विभागसम्म आउने सेवाग्राहीहरुले विभाग पीडित पक्ष भएर काम नगर्ने तर पीडकको पक्ष लिएर काम गर्ने गरेको भन्दै गुनासो गरिरहेका भेटिन्छन्। 

'गुमेको रकम पाइन्छ की भनेर विभाग धाउँदा गुमेको भन्दा बढी रकम सकिन्छ,' विभाग बाहिर भेटिएका सेवाग्राहीहरु गुनासो गर्छन्।

विभागमा भेटिएका सबैजसो सेवाग्राहीहरुको समस्या उस्तै छ। विभाग पीडकमैत्री भएर काम गरेको सेवाग्राहीहरुको आरोप छ।   

कर्मचारी आउनै मान्दैनन् विभागमा
वैदेशिक रोजगार विभागमा कर्मचारीहरु आउन नमान्ने र आएपनि धेरै समय नटिक्ने समस्या रहेको विभाग स्रोतले बतायो। 

विभागका एक कर्मचारीले भने, 'बिहानदेखि बेलुकासम्म यस्तो हल्ला र टर्चरमा काम गर्नुपर्छ। दिमागले काम नै गर्दैन यहाँ। कस्ले काम गर्ने?' 

शाखा अधिकृतस्तरका एक अर्का कर्मचारी भन्दै थिए, ‘खानु न पाउनु अनेक थरी काम आउँछन्। घुस खाएको भनेर त्यसै आरोप आउने, यस्तो जागिरै धरापमा राखेर कस्ले काम गर्छ,  म पनि बढीमा ५ दिन, त्यो भन्दा धेरै दिन त काम नै गर्दिनँ।’
विभागकै बाहिर भेटिएका केही व्यवसायीहरु विभाग र कर्मचारीकै विषयमा गफिइरहेका भेटिए। एक व्यवसायी भन्दै थिए, ‘श्रम कार्यालय ताहाचलमा भए त कर्मचारी तँछाडमछाड गर्दै जान्थे। यहाँ त्यहाँ जस्तो धेरै घुस मिल्दैन। बेलामौकामा मात्रै त हो। त्यसैले कोही नआउने रैछन्।’

अर्का एक व्यवसायीले नाम नखुलाउने सर्तमा नेपाल लाइभसँग भने,‘यही बुद्धनगर विभाग पनि कहाँको धर्मशाला हो र?, पीडितहरु आउँछन्, उजुरी हाल्छन्। पछि म्यानपावरको धरौटी रकम काटेर दिने बेलामा व्यवसायीहरुसँग पीडितलाई यति रकम दिनुपर्छ भन्छन्। सेवाग्राहीलाई तिमीहरुले यति रकम पाउँने भयौ भनेर थोरै रकम देखाएर कुरा मिलाएर खल्ती भर्छन्।’

विभागका कर्मचारीहरु घुसमा काम गर्ने म्यानपावर सञ्चालकहरुको समेत आरोप छ। 

विभागका कर्मचारीहरुले म्यानपावर कम्पनी वा सेवाग्राहीमार्फत घुस लिने चलन नयाँ भने होइन। यसअघि म्यानपावर कम्पनीको रोक्का फुकुवा गर्ने सम्बन्धमा १० लाख घुस लिएको अभियोगमा विभागका महानिर्देशक विश्वराज पाण्डेसहित शाखा अधिकृत र नायव सुब्बा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका थिए। 

अझैपनि विभागका कर्मचारीहरु अख्तियारको फन्दामा पर्न भने छाडेका छैनन्। 

के भन्छ विभाग ? 
वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाँईका अनुसार कर्मचारी  समायोजनबाट वैदेशिक रोजगार विभागका केही शाखा अधिकृत र सुब्बा तहका कर्मचारीहरुको अन्यत्र सरुवा भएपछि कर्मचारीको अभाव भएको छ। कर्मचारी अभावका कारण भनेजसरी सेवाग्राहीका काम गर्न नसकिएको उनको भनाइ छ। 
  
उनले भने, ‘विभागमा शाखा अधिकृत तहका ३ कर्मचारी र सुब्बा तहका ४ कर्मचारी आवश्यक परेको छ, कर्मचारीको अभावमा सेवाग्राहीलाई समस्या परेको छ।’

कर्मचारी भर्नाबारे छलफल भइरहेको छ : मन्त्रालय 
विभागमा कर्मचारीहरुको अभाव भएको एक महिना हुनै लाग्दा मन्त्रालयले कर्मचारी भर्ना प्रकृया अघि बढाउन नसक्दा सेवाग्राही झन् मारमा पर्ने गरेका छन्।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने विभागमा छिट्टै कर्मचारी भर्ना प्रकृया अगाडी बढाइने जनाएको छ।

यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल गरिरहेको श्रम प्रवक्ता डा नारायण रेग्मीले बताए।

यस्तो छ वैदेशिक रोजगार विभागको कर्मचारी दरबन्दी संरचना
वैदेशिक रोजगार विभागमा १ जना महानिर्देशक, प्रशासनतर्फ निर्देशक २ जना, न्यायतर्फ निर्देशक १ जना, वरिष्ठ कम्प्युटर इन्जिनियर १ जना, शाखा अधिकृत ८ जना, कानुन अधिकृत ३ जना, लेखा अधिकृत १ जना, कम्प्युटर इन्जिनियर १ जना रहने व्यबस्था उल्लेख छ।

आवश्यक कर्मचारीहरु करारमा लिन सक्ने व्यवस्थासमेत छ।

सबै तस्बिर : निर्मला घिमिरे

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ०६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्